काठमाण्डाै - अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । तर, बिस्तारै मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् ।
पूर्ण रुपमा मौसम खुल्न भने अझै एक/दुई दिन लाग्ने मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार अब ठूलो पानी पर्ने सम्भावना भने छैन । केही ठाउँमा हिजो ठूलो पानी परे पनि अब नपर्ने उहाँले बताउनुभयो । तर, स्थानीय वायुको प्रभावका कारण बेलुका पख छोटो समयका लागि पानी भने पर्न सक्छ ।
यस्तै, मनसुनको प्रणाली बाहिरिन नसकेकाले देशका केही ठाउँमा आज पनि हल्कादेखि मध्यम खालक...