पाेखरा : पाेखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्डफिल साइटको अझै व्यवस्थापन नहुँदा विमानस्थल सञ्चालनमा ढिलाइ हुने भएको छ।दुइ साता अघि चिनिया विदेश मन्त्री नेपाल भ्रमणमा आएका बेला विमानस्थलको सांकेतिक साँचो प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण भएको छ।विमानस्थलको निर्माण कार्य पूरा भए पनि विमानस्थल नजिकै रहेको फोहोर विसर्जनस्थल (ल्यान्डफिल साइट) व्यवस्थापन हुन नसक्दा विमानस्थल सञ्चालनमा ढिलाइ हुने भएको हाे।सुरक्षित उडानका लागि विमानस्थलको दुई किलोमिटर क्षेत्रमा रहेको ल्यान्डफिल साइटला