गठबन्धनका उम्मेदवारलाई भोट मागेपछि पत्रकारका ५ संगठनलाई आयोगको २४ घण्टे स्पस्टीकरण

वैशाख २५, काठमाडौं । गठबन्धनमा आवद्ध ५ दल निकटका पत्रकारहरूका संस्थाले जारी गरेको विज्ञप्ती हटाउन निर्वाचन आयोगले निर्देशन दिएको छ । दल निकटका पत्रकारहरूका संगठनले गठबन्धन बाहेकका उम्मेदवारलाई भोट नहाल्न निर्देशन दिंदै विज्ञप्ती जारी गरेका थिए । उक्त विज्ञप्ती २४ घण्टा भित्र हटाएर त्यसरी विज्ञप्ती जारी गर्दा निर्वाचन आचारसंहिता उल्लघन भयो भएन भन्ने लिखित जवाफ पेश गर्न आयोगले निर्देशन दिएको हो । प्रेस युनियन, प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, नेपाल प्रेस मञ्च र प्रगतिशिल पत्रकार संघका अध्यक्ष/सचिवहरू हस्ताक्षर गरेर गठबन्धनका पक्षमा मतदान गर्न अपिल गरेका थिए ।

सम्बन्धित सामग्री

हलोको भोट १०९ मा रोकियो, सिटौला जित नजिक

काठमाडौं – प्रदेशसभा तर्फ २ भोट गुमाएका गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौला स्थानीय तहको मतले जित उन्मुख देखिएका छन् । स्थानीय तह तर्फ राप्रपा उम्मेदवार उद्धव पौडेलले १०९ मत मात्र प्राप्त गरेका छन् । प्रदेशसभामा सिटौला भन्दा २ मत बढी पाएका पौडेल स्थानीय तहमा भने १०९ मा रोकिएका हुन् । स्थानीय तहमा एमालेका ११२ सांसद छन् […]

तनहुँ १ मा गठबन्धनका उम्मेदवार गोविन्दले हाले भोट

तनहुँ । सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेस तनहुँ १ का उम्मेदवार गोविन्द भट्टराईले मतदान गरेका छन् । व्यास नगरपालिका-११ बेल्टारीस्थित तनहुँ आधारभूत प्राविको मतदान केन्द्रबाट उनले भोट हालेका हुन् । मतदानपछि उनले फेसबुकमा लेखेका छन्, ‘मैले मतदान गरेँ । तपाईं पनि आफ्नो मतदान स्थलमा गएर मताधिकार प्रयोग गर्नुहुन अनुरोध गर्दछु ।’ उनले तनहुँको विकासका लागि […]

एमालेको गुणगान गाउँदै भोट माग्दै बोहोरा

रुपन्देही क्षेत्र नंं. ३ मा एमाले–राप्रपा–जसपा गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोरा पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवार कांग्रेस नेता बालकृष्ण खाँणसँग चुनावी प्रतिस्पर्धामा छन् ।बोहोरा यस क्षेत्रमा चतुर चुनावी रणनीति भएका नेता मानिन्छन् । मूलतः राप्रपा र एमालेको राजनीतिक तथा सैद्धान्तिक चरित्र मिल्दैन भन्ने तथ्य दुवै दलका घोषणापत्रबाट छर्लङ्ग हुन्छ । अझै राजतन्त्र र धर्म सापेक्ष हिन्दु राष्ट्र चाहिन्छ भन्दै घोषणापत्र जारी

देशको समृद्धि, उन्नती र विकासका लागि कांग्रेसलाई भोट : उमेश श्रेष्ठ

चितवन, २० कात्तिक । चितवन क्षेत्र–२ का लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका उमेश श्रेष्ठले नेपालमा रोजगारीको प्रशस्त सम्भावना रहेको बताएका छन् । नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियुले संयुक्त रुपमा चितवनमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै श्रेष्ठले सर्वसुलभ शिक्षा, स्वास्थ्य र नेपालमै युवाहरुलाई रोजगारी सृजना गर्ने आफ्नो मुख्य उद्देश्य रहेको बताए । उनले भने,‘नेपाल सम्भावना […]

‘सोमप्रसाद पाण्डेसँग जनमत भएको भए ४३३ भोट मात्र आउँछ ?’

काठमाडौं, १७ कात्तिक । नेकपा एमालेका नेता एवं पाल्पा १ का उम्मेदवार ठाकुर गैरेले गठबन्धनका उम्मेदवार सोमप्रसाद पाण्डेको पदलोलुप र स्वार्थी प्रवृत्तिविरुद्ध जनता आफ्नो पक्षमा उभिएको दाबी गरेका छन् । ‘पाल्पा २ मा लगातार पाँच पटक एमालेले जितेको हो, सोमप्रसाद पाण्डेले होइन । उहाँको जनमत भएको भए स्थानीय तहमा एकीकृत समाजवादीको ४३३ भोट मात्रै आउँछ […]

ओलीजीले मनको चिउरा घिउसित खान पाउनुहुन्छः चित्रबहादुर केसी

काठमाडौं, १५ कात्तिक । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं बागलुङ १ का गठबन्धनका उम्मेदवार चित्रबहादुर केसीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भविष्यवाणी पूरा नहुने दाबी गरेका छन् । ‘२०७४ मा सय भोटमध्ये ६४ भोट पारिदिएको एमालेलाई पचेन । ओलीजीले केन्द्र र ६ प्रदेशको सरकार घाटमा लगेर सेलाएको होइन ? संविधानलाई दिएको दुईदुई पालि संसद् भत्काउनुभो […]

ललितपुर महानगरमा कांग्रेस अगाडि

काठमाडौं : ललितपुर महानगरपालिकामा प्रारम्भिक मत परिणामअनुसार गठबन्धनका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता लिएका छन्। १०० मत गन्दा महर्जनले ५८ मत पाएका छन्।त्यस्तै, नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यन्जनकारले ३० भोट प्राप्त गरेका छन्। त्यस्तै बाँकी मत अन्य दलहरूले पाप्त गरेकफ मुख्‍य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।शुक्रबार सम्पन्न भएको स्थानीय निर्वाचनपछि आज शनिबार देशभर मतगणना भइरहेको छ। विभिन्न स्थानीय तहहरूको मतपरिणाम आउने क्रम जारी छ।

राष्ट्रियसभा चुनाव : गठबन्धनमा काँग्रेसलाई कम भोट, एमालेमा पनि अन्तरघात

सातै प्रदेशका १९ सीटमा बुधबार राष्ट्रियसभाको चुनाव सम्पन्न भयो । १९ मध्ये १८ सिटमा गठबन्धनका उम्मेदवार विजयी भए । एक सिटमा भने नेकपा एमालेका उम्मेदवार अप्रत्याशित रूपमा विजयी बने । प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिले मतदान गरेको यो चुनावमा कतै मत बदर भयो भने कतै गठबन्धन र एमाले दुवैतिर क्रस भोटिङ भयो ।क्रस भोटिङ एवं अन्तरघात हुँदा प्रदेश एकबाट जसपाका उम्मेदवार हेमराज राई पराजित भए भने एमालेका सोनाम ग्याल्जेन शेर्पाले अनपेक्षित जित हात पारे । गठबन्धनमा अन्तरघात भएका कारण काँग्रेसका गोपाल बस

राष्ट्रिय सभाको निर्वाचनमा लज्जास्पद नाटक देखियोः ईश्वर पोखरेल

एमाले महासचिव ईश्वर पोखरेलले राष्ट्रिय सभाका लागि आज भएको उपनिर्वाचनमा देखिएका हर्कतहरु अत्यन्तै निष्कृष्ट र अक्षम्य भएको बताएका छन् । यस खाले क्रियाकलापले पार्टीभित्र बनिरहेको एकताको वातावरण धुमिल बनाइदिएको उनको टिप्पणी छ।   एमालेको माधव कुमार नेपाल समूहले बादललाई भोट नहालेपछि निर्वाचनमा विपक्षी गठबन्धनका उम्मेदवार खिमलाल देवकोटा विजयी भएका थिए ।  ‘पार्टी विरूद्धमा आज  गरिएका यी अपराधपूर्ण कामले पार्टी विधान, पद्दति , प्रक्रिया, नीति , निर्णय र निर्देशनको वकालत गर्दै भइरहेका नाटक मञ्चनको मुकुण्डो प...

दुर्गमका केन्द्रमा भोट बाँडफाँड

धादिङको रुवीभ्याली गाउँपालिका–२ दोङदेङदेवी मावि मतदान केन्द्रमा दलहरुले भोट बाँडेर लिएका छन्। प्रतिस्पर्धामा रहेका वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले भोट बाँडेर लिएका हुन् । श्रोतका अनुसार मतदान केन्द्रमा बुथ प्रतिनिधि राख्ने विषयमा कुरा नमिलेपछि दुबै गठबन्धनका उम्मेदवार स्थानीय तहको निर्वाचनलाई आधार बनाएर भोट बाँड्न सहमत भएका हुन्।