एमाले महासचिव ईश्वर पोखरेलले राष्ट्रिय सभाका लागि आज भएको उपनिर्वाचनमा देखिएका हर्कतहरु अत्यन्तै निष्कृष्ट र अक्षम्य भएको बताएका छन् । यस खाले क्रियाकलापले पार्टीभित्र बनिरहेको एकताको वातावरण धुमिल बनाइदिएको उनको टिप्पणी छ।
एमालेको माधव कुमार नेपाल समूहले बादललाई भोट नहालेपछि निर्वाचनमा विपक्षी गठबन्धनका उम्मेदवार खिमलाल देवकोटा विजयी भएका थिए ।
‘पार्टी विरूद्धमा आज गरिएका यी अपराधपूर्ण कामले पार्टी विधान, पद्दति , प्रक्रिया, नीति , निर्णय र निर्देशनको वकालत गर्दै भइरहेका नाटक मञ्चनको मुकुण्डो प...