पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अरु वस्तु र सेवाको मूल्य पनि घट्नु पर्छ: मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले विभिन्न वस्तु तथा सेवामा भएको मूल्यवृद्धिको सरकारले अनुगमन गर्ने बताएका छन् ।प्रतिनिधि सभाको आईतवारको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिदैँ मन्त्री बडूले असार १२ गतेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर १९९ रुपैयाँ बाट २० रुपैयाँ घटाई १७९ रुपैयाँ र डिजेलमा प्रतिलिटर १९२ रुपैयाँबाट २९ रुपैयाँ घटाई १६३ रुपैयाँ मूल्य कायम गरिएको बताए ।उनले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्य वस्तु र सेवामा पनि मूल्य घट्नु आवश्यक रहेको बताए । उनले बजारमा विभिन्न वस्तु तथा सेवाको मूल्य घटे, नघटेको सन्दर्भमा विषयगत मन्त्रालय र नियामक निकायहरुले आ–आफ्नो क्षेत्रबाट र संयुक्त रुपमा अनुगमन गर्ने व्यवस्था मिलाइएको बताए ।उनले भने ‘संसदको दुवै सदनमा माननीयज्यूहरुले व्यक्त गरेका विचार, प्रधानमन्त्रीज्यूको चासो र निर्देशन तथा सत्ता गठबन्धनका नेतृत्व समेतको छलफलको सुझावको आधारमा नेपाल सरकारले पेट्रोल र डिजेलमा विगतदेखि लगाइ आइरहेको करमा पुनः भारी कटौती गर्ने निर्णय गरेको छ । सोही आधारमा नेपाल आयल निगम सञ्चालक समितिले आजै मिति २०७९ असार १२ गतेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलमा १९९ बाट रु. २० घटाई रु. १७९ र डिजेलमा प्रतिलिटर रु. १९२ बाट रु. २९ घटाई रु. १६३ मुल्य कायम गरेको छ । नेपाल सरकारले कर घटाउने गरी गरेको निर्णय र नेपाल आयल निगमले आजैदेखि लागू हुनेगरी मूल्य घटाउने निर्णय गरेपश्चात् सर्वसाधारण उपभोक्ता, विद्यार्थी वर्ग तथा आम नागरिकलाई मुल्यवृद्धिबाट परेको समस्यामा अवश्यपनि केही राहत मिल्ने विश्वास सरकारले लिएको छ । पेट्रोलियम पद्धार्थको मुल्य घटेपश्चात् अन्य वस्तु तथा सेवामा पनि मुल्य घट्नु आवश्यक छ । यसको लागि विषयगत मन्त्रालय र नियामक निकायहरुले आ–आफ्नो क्षेत्रबाट तथा संयुक्त रुपमा सघन अनुगमन गर्ने व्यवस्था मिलाइएको छ । यो अनुगमन कार्यमा दुवै सदनका माननीय सदस्यज्यूहरु, सरकारी निकाय, स्थानीय प्रशासन, प्रदेश सरकार, स्थानीय तहका सरकारहरु, निजी क्षेत्र, नागरिक समाज र मिडियाको सक्रिय र सकारात्मक सहयोगको समेत अपेक्षा सरकारले गरेको छ ।’मन्त्री बडूले सरकार जनताको हीत र चासोप्रति सधैँ संवेदनशील रहेको स्पष्ट पारे ।

सम्बन्धित सामग्री

फेरि बढ्न सक्छ पेट्रोलियम पदार्थको मूल्य, उत्पादन कटौती गर्ने ओपेकको निर्णय

पेट्रोलियम पदार्थ निर्यात गर्ने देशहरूको सङ्गठन (ओपेक) र यसका सहयोगीहरू, ओपेक समूहले पेट्र्रोलियम पदार्थको उत्पादन कटौती गर्ने घोषणा गरेका छन् । मन्दीको डरले हालै घटेको तेलको मूल्यलाई बलियो बनाउन अक्टोबरमा उत्पादन थोरै कटौती गर्ने घोषणा उनीहरुले गरेका हुन्।तेल गठबन्धनले आफ्नो सेप्टेम्बरको तुलनामा अक्टोबरमा प्रति दिन एक लाख ब्यारेलले उत्पादन कटौती गर्ने निर्णय गरेको छ । यी भनेको विश्वको कुल मागको ०.१ प्रतिशत हो । ओपेक र गैर-ओपेक मन्त्रीस्तरीय ३२औं बैठकपछि जारी गरिएको विज्ञप्तिमार्फत सो बारे जानकारी गराइएको छ ।उत्पादन कटौती हुँदा अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्न सक्छ  । त्यसको असर स्वरुप नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढ्न सक्छ ।

मासिक १ अर्ब २७ करोड घाटा छ, पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन- आयल निगम

नेपाल आयल निगमले अहिलेकै स्थितीमा पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने जनाएको छ । आज एक विज्ञप्ती जारी गर्दै निगमले भारतबाट मूल्य घटेर आएपनि भाउ घटाउन नसकिने जनाएको हो ।निगमले लामो समय घाटा पेट्रोलियम पदार्थ बिक्री गर्दा नेपाल सरकारको ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब ऋण बोकेको जानकारी दिएको छ । यस्तै, इण्डियन आयल कर्पोरेशन (आइओसी) सँग तेल किन्दा बक्यौताका रूपमा रहेको २३ अर्ब रूपैयाँसमेत बुझाउनुपर्ने स्थिती रहेको निगमको भनाइ छ ।यसैगरी, भारतबाट १६ जुलाईमा प्राप्त मूल्यसूचीअनुसार पेट्रोलम

पेट्रोलियम पदार्थको मूल्य बढाउनु बाध्यता : मन्त्री बडू

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने बाध्यात्मक अवस्थामा सरकार रहेको बताएका छन् ।मन्त्री बडूले अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले सरकार बाध्यतामा पेरर मूल्य बढाउनुपरेको बताए । उनले पेट्रोलियम पदार्थ नेपालको उत्पादन नभएकाले बाहिरबाट महँगोमा खरिद गर्नुपरेको र सस्तोमा बेच्नसक्ने अवस्थामा सरकार नरहेको बताए ।मन्त्री बडूले सरकारले बढेर […]

पेट्रोलियम पदार्थको मूल्य बढाउने आयल निगमको तयारी

काठमाडौं :  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी गरेको छ। अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढ्दै जाँदा घाटा चुलिएपछि निगमले अब परल मूल्यमै पेट्रोलियम पदार्थ विक्री वितरणको तयारी गरेको हो।  इण्डियन आयल कर्पोरेशन आइओसीलाई तिर्नुपर्ने बक्यौता बढ्दै गएको र पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन नसक्ने अवस्था आएकाले परल मूल्यमै विक्री गर्ने तयारी भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।‘आइओसीलाई १६ अर्ब तिर्नै बाँकी छ, यो जुन महिनाका लागि प

पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई संसदीय समितिकाे निर्देशन

काठमाण्डाै – पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई सङ्घीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले निर्देशन दिएको छ ।  आज बुधवार सिंहदरबारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषयमा भएको छलफलपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो । छलफलपछि समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उपभोक्तालाई मार नपर्ने गरी सर्वसुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध गराएर मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिइएको बताउनुभयो । उहाँले नेपाल आयल निगमका जायज मा...

पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई सङ्घीय संसद् प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले निर्देशन दिएको छ । समितिको बुधवार बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषयमा छलफल गरेको थियो । समिति सभापति विमलप्रसाद श्रीवास्तवले उपभोक्तालाई मार नपर्ने गरी सर्वसुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध गराएर मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई […]

पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई निर्देशन

पछिल्लो समय अत्यधिक रुपमा बढ्दै गएको पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषयमा भएको छलफलपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो । छलफलपछि समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उपभोक्तालाई मार नपर्ने गरी सर्वसुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध गराएर मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिइएक

पेट्रोलियम पदार्थको मूल्य घटाउँदैनौं : निगम

काठमाडौं । आयल निगमले नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने दबाब रहेको जनाएको छ । निगमका सहप्रवक्ता पुस्कर कार्कीले बिहबार प्रेस विज्ञप्ति जारी गर्दै निगमको पाक्षिक अनुमानित घाटा २ अर्ब रहेकाले मूल्य बढाउनुपर्ने दबाब रहेको जनाएका छन् । भारतीय आयल कर्पोरेसनले पठाएको पेट्रोलियम पदार्थ र इन्धनको पछिल्लो मूल्यसूचीमा पेट्रोल प्रतिलिटर ५ रुपैयाँ ६५ पैसा र डिजेल […] The post पेट्रोलियम पदार्थको मूल्य घटाउँदैनौं : निगम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

तीव्र विरोधपछि आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान एक/एक रुपैयाँका दरले मूल्य घटाएको हो । गत हप्ता मात्र निगमले पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल, मट्टितेलमा समान प्रतिलिटर २/२ रुपैयाँका दरले बढाएको थियो भने, खाना पकाउने एलपी ग्यासको मूल्य समेत अधिकतम प्रतिसिलिन्डर २५ रुपैयाँले वृद्धि गरेको थियो । सोही मूल्य वृद्धिको विरुद्धमा ५ विद्यार्थी सङ्गठनले विरोधसहित निगममा ज्ञापन पत्र बुझाएसँगै निगमले मूल्य घटाएको हो ।&n

उच्च करले पेट्रोलियम पदार्थ महँगो, कुन शीर्षकमा कति कर ?

कोभिड महामारीबीच नेपाल आयल निगमले आइतबार पेट्रोलियम पदार्थको मूल्य बढायो। पेट्रोलको मूल्य लिटरको एक सय २३ रूपैयाँ, डिजेल तथा मट्टीतेलको मूल्य लिटरको एक सय ६