विपद्ग्रस्त क्षेत्रमा खटिन वाईसीएलका कमिटीलाई केन्द्रको निर्देशन

काठमाडौं : नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) ले मातहतका सबै कमिटीलाई विपद्‌ग्रस्त क्षेत्रमा खटिन निर्देशन दिएको छ।वाईसीएलका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा 'दीपशिखा' र महासचिव सुवोधराज शेर्पालीले प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय तहसम्मका सबै कमिटीलाई जनचेतना,  राहत, उद्दारमा खट्न, जोखिमका क्षेत्रहरूको पहिचान गरी अस्थायी रूपमा मासिहरूलाई स्थानन्तरण गर्ने कार्यमा परिचालित हुन निर्देश गरेका हुन्‌। विपत्तिको यो

सम्बन्धित सामग्री

सहकारीको अनुगमन प्रभावकारी बनाउन निर्देशन

काठमाडौं (अस) । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीको अनुगमन प्रभावकारी बनाउन निर्देशन दिएकी छिन् । बिहीवार संघीय सहकारी विभागको अनुगमन तथा निरीक्षण गर्दै मन्त्री श्रेष्ठले धेरै सहकारीले सर्वमान्य सिद्धान्त, मूल्य र मान्यता अनुसार काम नगर्दा समस्या बढेको भन्दै अनुगमन प्रभावकारी बनाउन निर्देशन दिएकी हुन् । ‘धेरै सहकारीले सिद्धान्त, मूल्य र मान्यताअनुसार काम नगरेकाले सदस्यहरू मर्कामा परेको गुनासो बढ्दै गएको छ,’ उनले भनिन्, ‘समयमै समस्या पहिचान गर्नुस्, त्यसको समाधानका लागि मन्त्रालय तयार छ ।’ सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि अनुगमन प्रभावकारी बनाउनुपर्ने भन्दै मन्त्री श्रेष्ठले जिम्मेवार भएर काम गर्न विभागका कर्मचारीलाई निर्देशन दिइन् । ‘सहकारीको सर्वमान्य सिद्धान्त, मूल्य र मान्यता अनुसार सहकारीलाई अगाडि बढाउन आवश्यक छ,’ उनले भनिन्, ‘विभागले कसैको दबाब र प्रभावमा नपरी काम गर्नुपर्छ ।’ मन्त्री श्रेष्ठले नियमित रूपमा सञ्चालनमा रहेका सहकारीको वास्तविक तथ्यांक लिनुपर्ने, सहकारी एकीकरणमा देखिएको समस्या समाधान गर्नुपर्ने, सहकारी प्रशिक्षण केन्द्रको स्तरोन्नति गर्नुपर्ने र संघीयताको मर्म अनुसार आ–आफ्नो क्षेत्राधिकारभित्र रहेर सहकारी विभाग र प्रशिक्षण केन्द्रले परिणाम निस्कने गरी काम गर्नुपर्नेमा जोड समेत दिइन् । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सहकारी क्षेत्रमा सुशासन कायम गर्न राम्रा काम गर्नेलाई सम्मान र नराम्रो गर्नेलाई दण्डित गर्न आवश्यक रहेको भन्दै त्यसमा विभागले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए । विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारी क्षेत्रमा रहेका समस्या समाधानका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

भूू–माफियामाथि निगरानी बढाउन प्रधानमन्त्री देउवाको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक जमिन अतिक्रमण गर्ने प्रवृत्ति बढेकाले भूू–माफियामाथि निगरानी बढाउन राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशन दिएका छन् । उनले अतिक्रमण भइसकेका क्षेत्रको गहन छानबिनमा सरकारको पूरा सहयोग रहने विश्वास पनि दिलाए ।मङ्गलबार राष्ट्रिय सतर्कता केन्द्रको आर्थिक वर्ष २०७७/७८ वार्षिक प्रतिवेदन बुझेपछि निर्देशन दिँदै प्रधानमन्त्रीले भने, “बागमती किनार र आसपासका क्षेत्रमा अतिक्रमण धेरै बढ्न थाल्यो, राम्रो अध्ययन गर्नुहोस् ।”प्रधानमन्त्री देउवा समक्ष केन

विद्यालय र स्थानीय तह

अहिले स्थानीय तहभित्र एउटा बहस चलिरहेको छ– कोरोना संक्रमणको अवस्था विश्लेषण गरी विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई दिनुपर्छ कि पर्दैन । केही स्थानमा स्थानीय तहले निर्णय गरी जोखिम कम भएको क्षेत्रमा विद्यालय सञ्चालन पनि गरे । तर सरकारले केन्द्रको निर्णय बेगर विद्यालय खोलेको आरोप लगाउँदै विद्यालय बन्द गर्ने निर्देशन दियो । शिक्षा, विज्ञान तथा प्रविधि […]

सरकारी डिजिटल डाटाको सुरक्षामा ध्यान दिन निर्देशन

काठमाडौं, असार ७ । सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले सरकारी डिजिटल डाटाको सुरक्षामा विशेष ध्यान दिन राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई निर्देशन दिएकी छन् । सिंहदरबारस्थित केन्द्रको कार्यालयको निरीक्षणका क्रममा मन्त्री थापाले सरकारी तथ्याङ्कको सुरक्षाको प्रश्न राष्ट्रियतासँग जोडिएकाले गोपनीयतामा कुनै सम्झौता गर्र्न नहुनेमा जोड दिईन्। उनले सूचना प्रविधिका क्षेत्रमा लगानी बढाइने बताउँदै प्रविधि केन्द्रलाई मन्त्रालयका […]

सरकारी डिजिटल डाटाको सुरक्षामा ध्यान दिन निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले सरकारी डिजिटल डाटाको सुरक्षामा विशेष ध्यान दिन राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई निर्देशन दिएकी छन्  ।  सिंहदरबारस्थित केन्द्रको कार्यालयको निरीक्षणका क्रममा मन्त्री थापाले सरकारी तथ्याङ्कको सुरक्षाको प्रश्न राष्ट्रियतासँग जोडिएकाले गोपनीयतामा कुनै सम्झौता गर्र्न नहुने बताइन् ।     उहाँले सूचना प्रविधिका क्षेत्रमा लगानी बढाइने बताउँदै प्रविधि केन्द्रलाई मन्त्रालयका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन् । सो अवसरमा सञ्चार सचिव हरिप्रसाद बस्यालले प्रविधि केन्द्र...

‘वैशाखदेखि औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य हुने’

उर्जामन्त्री वर्षमान पुनले वैशाखदेखि औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य हुने बताएका छन्। आइतबार विद्युत भार प्रेषण केन्द्रको निरीक्षण गर्दै मन्त्री पुनले नयाँ वर्षदेखि औद्योगिक क्षेत्रमा लोडसेडिङ नहुने वातावरण सिर्जना गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका हुन्।

तोकिएकै समयमा मध्यमर्स्याङ्दीकाे मर्मत सक्न कुलमानको निर्देशन

लमजुङस्थित ७० मेगावाट जडित क्षमताको ममध्यमर्स्याङ्दी जलविद्युत केन्द्रको बाँधको देबे्रतिर र विद्युत गृहको मर्मत तिब्ररुपमा भइरहेको छ । बाँधको देब्रेतर्फको क्षेत्रमा भूक्षयलाई रोक्न राखिएको संरचनाको मर्मत शुक्रबारबाट सुरु भएको हो । पानीले हिर्काएर क्षति पुगेको ठाउँमा थप क्षति हुनबाट रोक्न ‘प्रोटेक्सन वाल’ लगाउने काम धमाधम भइरहेको छ । यो काम गर्नका लागि दैनिक चार सय…

काठमाडौं कांग्रेसद्वारा उम्मेदवार सिफारिस

कांग्रेस काठमाडौंले मंसिर २१ गते हुने प्रदेश र केन्द्रको निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवारका लागि पूर्व महामन्त्री प्रकाशमान सिंहसहितका नेताहरुको नाम सिफारिस गरेको छ । पार्टी केन्द्रीय समितिको निर्देशन अनुसार कांग्रेसले दश वटै निर्वाचन क्षेत्रमा निम्न नेताहरुको नाम सिफारिस गरेको छ ।