काठमाण्डाै - आजको प्रतिनिधि सभा बैठकमा नागरिकता सम्बन्धी नयाँ विधेयक पारित गर्ने तयारी भएको छ । प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्दै छ।
सत्तारूढ दलकै र विपक्षी दलका सांसदका संशोधन प्रस्तावका केही मुद्दा सम्बोधन गरेर नागरिकता सम्बन्धी नयाँ विधेयक पारित गर्ने तयारी भएको हो ।
बैठकमा नेपाल नागरिकता पहिलो संशाेधन विधेयक-२०७९ माथि प्राप्त संशोधनलाई निर्णायार्थ प्रस्तुत गरिनेछ । त्यसपछि गृहमन्त्री बालकृष्ण खाणले 'नेपाल नागरिकता पहिलो संशोधन विधेयक-२०७९ लाई पारित गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने क...