काठमाण्डाै – कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १४ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा १४ जनासहित नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३१ सय ३६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा २६ सय १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ७५ सय २५ जनाको पीसीआर परीक्षण गर्दा २४ सय ८६ जना र ११ सय ४३ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय ३३ जना गरी २६ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।आज थपिएका सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दु...