कथाकार भरतकुमार श्रेष्ठ ‘विवश’को अपहरण कथा सङ्ग्रहको सोमबार लोकार्पण गरिएको छ । काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दायित्व वाङ्मय प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गरी प्रमुख अतिथि आख्यान पुरुष डा. ध्रुवचन्द्र गौतम, दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, ज्ञानु अधिकारी, रामप्रसाद ज्ञवाली, डा. सुरेन्द्र केसी, सर्जककी माता मिसरी श्रेष्ठले सो कृतिको संयुक्त रूपमा विमोचन गरेका हुन् । कार्यक्रममा बोल्दै समालोचक ज्ञानु अधिकारीले यसमा सङ्कलित सबै कथाहरू घट