मनाङमा दुई सातादेखि विद्युत् अवरुद्ध

लघुजलविद्युत्को भरमा चलेको हिमाली जिल्ला मनाङ दुई सातादेखि विद्युत्विहीन बनेको छ । अविरल वर्षासँगै असार १ गते आएको बाढी र पहिरोले जिल्लाका विभिन्न स्थानमा रहेका लघुजलविद्युत् आयोजना बगाएपछि मनाङको अधिकांश क्षेत्र विद्युत्विहीन बनेको हो । मनाङको नासोङ गाउँपालिका–१, तालगाउँबाहेक अन्यत्र सबै ठाउँमा विद्युत् अवरुद्ध भएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । प्रजिअ लामिछानेका […]

सम्बन्धित सामग्री

मनाङमा तीन सातादेखि विद्युत् सेवा अवरुद्ध

हिमाली जिल्ला मनाङमा तीन सातादेखि विद्युत् सेवा अवरुद्ध भएको छ । अविरल वर्षासँगै असार १ गते आएको बाढीपहिरोले

असारको पहिलो सातादेखि अवरुद्ध माथिल्लो मनाङको यातायात सुचारु

असार २२, मनाङ । माथिल्लो मनाङमा यातायात सुचारु भएको छ । यही असारको पहिलो हप्ता आएको अविरल वर्षाले सडक अवरुद्ध भएको थियो ।  बाढीपहिराले क्षति पुर्‍याएको सडक मर्मत गरिएपछि माथिल्लो मनाङमा यातायात सञ्चालनमा आएको ङिस्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक ढकालले जानकारी दिए । उनका अनुसार प्राविधिक टोली सहितको अनुगमनपश्चात यातायात सञ्चालन भएको छ ।  मनाङ समाज र पूर्व सांसद पोल्देन छोपाङका सहयोगमा यातायात सञ्चालनमा ल्याइएको ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताए । ‘गाउँपालिकाभित्र मात्रै सवारी सञ्चालनमा ल्याइएको छ, सामान ढुवानी गर्न भने सहज भएको छ,’ उनले भने । खाङ्सारसम्म सामग्री ल्याउन लैजान सहज भएको उनले बताए ।   जिल्लाको तल्लो भागमा सडक सञ्जाल पूर्ण रुपमा अवरुद्ध भएको छ ।  माथिल्लो मनाङमा सडक सञ्जालमा कम क्षति भएकाले सवारी चलाउन लागिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । तल्लो भागमा भने सञ्चालन गर्न सक्ने अवस्था नरहेको लामिछानेले बताए । ‘खाङ्सारदेखि माथिल्लो पिसाङसम्म आवतजावत गर्न मिल्छ भने त्यहाँबाट तल्लो भागमा सवारी चल्न सक्दैन,’ उनले भने ।  भ्राताङको भीर भने बम ब्लाष्टिङ गरेर मात्रै बाटो बनाउनुपर्ने अवस्था रहेको उनले बताए । ‘नेपाली सेनासँग सहकार्य गरी बम ब्लाष्टिङ गरेर सडक सञ्जाल निर्माण गर्नुपर्नेछ, बनाउने तयारी गरिरहेका छौं,’ उनले भने । जिल्लामा सडक सञ्जाल सहज बनाउने प्रयासमा रहेपनि धेरै ठाउँमा निसान समेत मेटिएकाले सकस भएको छ ।  सदरमुकाम चामेसम्म पुग्ने अवस्था भने छैन । माथिल्लो पिसाङ र तल्लो पिसाङको पुल मर्स्याङ्दी नदीमा आएको बाढीले बगाएपछि विच्छेद भएको छ । लमजुङदेखि मनाङलाई सडक सञ्जालसँग जोड्नका लागि सडक डिभिजन प्राधिकरणले शुरुआत गरिसकेको छ । अहिले जिल्लाबाट अन्यत्र जान जंगलको बाटो भएर हिड्नुपर्ने अवस्था छ ।  जिल्लाको तल्लो भागका एक गाउँबाट अर्को गाउँ जानका लागि गोरेटो बाटो समेत छैन । मर्स्याङ्दी नदीमा बहाव केही कम भएपनि नदीले कटान भने रोकिएको छैन । यसले गर्दा केही गोरेटो बाटो बनाएपनि नदीले बगाएको छ । रासस

बाढी र पहिरोले मनाङमा सडक ठप्प

मनाङ : वर्षापछि आएको पहिराका कारण झण्डै दुई सातादेखि मनाङ जिल्लामा सडक सञ्जाल पूरै अवरुद्ध बनेको छ । पैँसठ्ठी किमी लम्बाइको लमजुङको बेँसीशहरबाट मनाङको चामेसम्मको सडक अहिले २२ किमीसम्म मात्रै खुलाइएको छ । मनाङ जिल्लाको सिमानासम्म पुग्न अझै झण्डै १३ किमी सडक खुलाउन बाँकी रहेको डुम्रे–बेँसीशहर–चामे सडक योज…

बाढी र पहिरोले मनाङमा सडक ठप्प

मनाङ : वर्षापछि आएको पहिराका कारण झण्डै दुई सातादेखि मनाङ जिल्लामा सडक सञ्जाल पूरै अवरुद्ध बनेको छ । पैँसठ्ठी किमी लम्बाइको लमजुङको बेँसीशहरबाट मनाङको चामेसम्मको सडक अहिले २२ किमीसम्म मात्रै खुलाइएको छ । मनाङ जिल्लाको सिमानासम्म पुग्न अझै झण्डै १३ किमी सडक खुलाउन बाँकी रहेको डुम्रे–बेँसीशहर–चामे सडक योज…

हिमपातले तीन सातादेखि सडक अवरुद्ध

भारी हिमपातले बेसीशहरदेखि मनाङको चामेम्मको सडक अवरुद्ध बनेको छ । मनाङमा गत पुस १७ गतेदेखि परेको हिमपातले सडकमा