मारवाडी व्यवसायीले यसरी ‘कब्जा’ गर्दैछन् उद्योग वाणिज्य महासंघ (सेटिङको फेहरिस्तसहित)

नेपाल उद्योग वाणिज्य महासंघको ५५औँ साधारणसभा २८–२९ चैत २०७९ मा हुँदैछ । यसपाली मारवाडी समुदायले उद्योग वाणिज्य महासंघमा दीर्घकालसम्म नेतृत्व हत्याईरहने सेटिङ थालेको छ ।११–१३ मंसिर २०७७ मा भएको महासंघको ५४औँ साधारणसभा तथा निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका चन्द्र ढकाल महासंघको विधान अनुसार स्वतः अध्यक्ष बन्दैछन् । तर, उनीपछि महासंघको अध्यक्षमा मारवाडी समुदायको एकाधिकार कसरी कायम गर्न सकिन्छ भनेर अहिले सिंगो मारवाडी समुदाय छलफलमा छ ।यस्तो छ सेटिङमहासंघमा यसअघि रहेका ११ सय जति एसोसियट्स सदस्यमा अहिले ७ सय सदस्य थप गरेर १८ सय बनाईएको छ । थपिएका झण्डै ७ सय सदस्यमध्ये ५ सय जति एसोसियट्स उपाध्यक्ष रामचन्द्र सांघाई र अब एसोसियट्स उपाध्यक्षको उम्मेदवार बन्ने तयारी गरेका साहिल अग्रवाल मिलेर थपेका छन् ।थपिएका बाँकी २ सय जति सदस्यहरुमा बस्तुगत उपाध्यक्ष अन्जन श्रेष्ठका केही छन् भने पूर्व अध्यक्ष चण्डीराज ढकाल निकट पनि अलिअलि छन् । ‘११ सय जतिमा ५ सय जतिले मात्रै आफैँ नवीकरण गर्थे, बाँकी ६/७ सयको पनि चुनावको मुखमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार र एसोसियट उपाध्यक्षका उम्मेदवारले रि–न्यू गरिदिन्थे’ स्रोतले भन्यो । अहिले त नयाँ सदस्य थप्ने मात्रै नभई, अब महासंघको अध्यक्षको उम्मेदवार हुने लाइनमा मारवाडी समुदायका व्यक्ति मात्रै रहने गरी सेटिङ मिलाइँदैछ । यसका लागि हालका अध्यक्ष शेखर गोल्छा नै भित्रभित्रै सक्रिय भएर लागेका छन् ।‘वरिष्ठ उपाध्यक्षमा ३ जना भिडाएर रामचन्द्र सांघाईलाई जिताउने र बस्तुगत उपाध्यक्ष र एसोसियट उपाध्यक्षमा पनि मारवाडी समुदायकै व्यक्तिलाई ल्याएर श्रृङ्खलावद्ध रुपमा महासंघको अध्यक्ष बनाउने सेटिङ देखिएको छ’ स्रोत भन्छ, ‘अब महासंघ मारवाडी समुदायबाट मात्रै चलाउने भित्रि सेटिङ छ ।’ स्रोतको दाबीलाई पुष्टि गर्ने गरी आन्तरिक तयारी भएको पनि देखिन थालेको छ ।‘एसोसियट्सको भोट मारवाडीको हातमा हुने नै भईहाल्यो, पहिलाको ११ सयमा पनि उनीहरुकै बढी थियो । अहिले त झन एक्लैले ५ सय थपेका छन्’ स्रोतले अझै स्पष्ट पार्दै भनेको छ, ‘यसरी ३० प्रतिशत मतभार रहेको एसोसियट एकलौटी बनाउने र ५० प्रतिशत मतभार रहेको जिल्ला नगरलाई किनेरै आफ्नो बनाउँछु भन्ने तयारीमा उनीहरु छन् ।’यी मारवाडीलाई जिताउने खेलमहासंघमा सबैभन्दा चतुर खेलाडीका रुपमा चिनिने पूर्व अध्यक्ष चण्डीराज ढकाल यसपाली उमेशलाल श्रेष्ठ वरिष्ठ उपाध्यक्ष हुनुपर्छ भनेर लागेका छन् । महासंघमा अब ‘हस् र हुन्छ’ मात्रै भन्ने नेतृत्व नचाहिएको र अहिले आर्थिक क्षेत्र कठिन अवस्थामा रहेको बेला सरकारसामू ‘निजी क्षेत्रका कुरा निर्धक्क’ राख्न सक्ने व्यक्ति चाहिएको भन्दै उनी उमेशलाललाई जिताउनुपर्ने बताउन थालिसकेका छन् ।तर, मारवाडी समुदायले अबको कम्तीमा ९ देखि १२ वर्ष सम्मका लागि आफ्नै समुदायका व्यक्ति मात्रै महासंघको नेतृत्वमा पुग्न सक्ने र रैथाने नेपाली उद्योगी व्यवसायीहरु उम्मेदवार नै हुन नसक्ने गरी भित्रभित्रै तयारी थालेको दाबी गर्न थालिएको छ ।‘अलग अलग टिमबाट पनि मारवाडी मात्रै जित्ने गरी तयारी भईरहेको हामीले बुझेका छौँ’ स्रोत दाबी गर्छ, ‘वरिष्ठमा उमेशलाल, अन्जन र दिनेशलाल ३ जनालाई नै हराएर रामचन्द्र सांघाईलाई जिताउने, बस्तुगतमा चण्डीराजकै भाई हेमराज र महेश प्रधानका छोरा मनिषलाई हराएर सन्दीप गाडियालाई जिताउने र एसोसियटमा भरत आचार्यलाई हराएर साहिल अग्रवाललाई जिताउने खेल सुरु भएको छ । अनि रामचन्द्रपछि पालैपालो साहिल र सन्दीपलाई वरिष्ठ हुँदै अध्यक्ष बनाउने प्रपञ्च रचिएको छ । यति मात्रै होइन, कोषाध्यक्षसमेत मारवाडी समुदायकै बनाएर वरिष्ठ उपाध्यक्ष, २ जना उपाध्यक्ष र कोषाध्यक्ष गरी पदाधिकारीमै ४ जना मारवाडी समुदायका व्यक्ति राखेर चन्द्र ढकाललाई असफल अध्यक्षको बिल्ला भिराएर आउट गराउने रणनीति मारवाडीले बुनेका छन् ।’तर, तत्कालै जिल्ला नगरको उपाध्यक्ष मारवाडी समुदायबाट हुने अवस्था छैन । ‘जिल्ला नगरको उपाध्यक्षमा पनि कतै आफ्ना मान्छे छन् कि भनेर खोजी त गरेका छन्, तर भेटेका छैनन्’ स्रोतले भन्यो ।यसअघिःमहासंघमा चुनाव लाग्योः वरिष्ठ उपाध्यक्षमा ४ जना आकांक्षी, कसलाई कसको समर्थन ?महासंघ निर्वाचनः ३ उपाध्यक्षका लागि १३ जना दाबेदार (नामसहित)

सम्बन्धित सामग्री

उद्योग वाणिज्य महासंघ महिला उद्यमी विकास समिति बिस्तार

नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशले महिला उद्यमी विकास समिति बिस्तार गरेको छ।

‘एमसीसी अन्तर्गतका परियोजना चाँडै कार्यान्वयन होस्’ : उद्योग वाणिज्य महासंघ

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) ले एमसीसीको औपचारिक रूपमै स्वागत गरेको छ । महासंघले सोमबार अर्थात् संघीय संसदमार्फत एमसीसी पास भएको भोलिपल्टै एक प्रेस विज्ञप्ति जारी गर्दै एमसीसीको स्वागत गरेको हो । ‘प्रतिनिधिसभाको मिति २०७८ फागुन १५ गते सम्पन्न बैठकबाट नेपाल सरकार अर्थ मन्त्रालय र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीचको सम्झौता अनुमोदन भएकोमा नेपाल उद्योग वाणिज्य महासंघ स्वागत गर्दछ,’ महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रतिनि

बतासको बचाउमा बोल्यो उद्योग वाणिज्य महासंघ

३० पुस, काठमाडौं । नारायणहिटी संग्रहालयमा क्याफ्टेरिया सञ्चालन सम्बन्धी विवादमा आएको बतास अर्गनाइजेसनको बचाउमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) पनि अघि सरेको छ । शुक्रबार महासंघले बतास अर्गनाइजेनप्रति सञ्चार माध्यमबाट एकतर्फी रुपमा चरित्र हत्या र मान मर्दन भएको भन्दै विज्ञप्ति निकालेको हो । ‘नारायणहिटी संग्रहालयमा क्याफ्टेरिया सञ्चालन सम्बन्धमा बतास अर्गनाइजेसनमाथि भइरहेको एकतर्फी प्रहार, चरित्र हत्या […]

उद्योग वाणिज्य महासंघ र त्रिविबीच सहकार्य

नेपाल उद्योग वाणिज्य महासंघ र त्रिभुवन विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टबीच संस्थागत सहकार्य हुने भएको छ । यसका लागि दुवै संस्था इण्डष्ट्री एकेडेमिया मञ्च गठन गरी सहकार्य गर्न सहमत भएका छन् ।महासंघको वस्तुुगत परिषद् र सोमटुुले गरेको छलफलमा दुवै पक्षबीच सो प्रतिवद्धता व्यक्त भएको हो । महासंघका अध्यक्ष शेखर गोल्छाले विद्याविद्यालयसँग सहकार्य गर्न तयार रहेको बताए […]

उद्योग वाणिज्य महासंघ र स्कूल अफ म्यानेजमेन्टले सहकार्य गर्ने

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र त्रिभुवन विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टले संस्थागत सहकार्य गर्ने भएका छन् । दुवै संस्था इन्डष्ट्रि एकेडेमी मञ्च गठन गरी सहकार्य गर्न सहमत भएका हुन् ।महासंघको वस्तुगत परिषद् र म्यानेजमेन्टले आइतबार महासंघ सचिवालयमा आयोजना गरेको छलफल कार्यक्रममा उक्त प्रतिबद्धता व्यक्त भएको हो । कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले भने, ‘हामी सहकार्य गर्न तयार छौं । इन्डष्ट्री अकेडेमिया गठन गरी सहकार्य गर्ने कुरामा हाम्रो सहमति छ ।’ महासंघ र त्रिविब

उद्योग वाणिज्य महासंघ र स्कूल अफ म्यानेजमेन्टबीच सम्झौता

काठमाडौं, मंसिर १३ । नेपाल उद्योग वाणिज्य महासंघ र त्रिभुवन विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टबीच संस्थागत सहकार्यका लागि सम्झौता भएको छ । सोमबार भएको कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले यी दुई क्षेत्रबीच बलियो सहकार्य हुन सकेमा मुुलुकले देखेको समृद्धिको सपना साकार पार्न सकिने बताउनुभयो । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डिन दिनेशमणी घिमिरे र विश्वविद्यालय अनुदान […]

उद्योग वाणिज्य महासंघ र राष्ट्र संघबीच सहकार्य गर्ने समझदारी

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघ र संयुक्त राष्ट्रसंघबीच स्तरोन्नतिको प्रभाव न्यूनिकरण र एसडीजी कार्यान्वयनमा सहकार्य भएको छ। महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक सारा व्योसोलोबीच बुधबार महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको महासंघले जनाएको छ। उक्त भेटवार्तामा संयुक्त राष्ट्र संघको दिगो विकासका लक्ष्यहरूलाई पूरा गर्न संयुक्त राष्ट्र संघ र महासंघबीच […]

उद्योग वाणिज्य महासंघ प्रदेश १ र ग्लोबल आइएमईबीच समझदारी

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ र ग्लोबल आइएमई बैंक लिमिटेडबीच बैंकिङ सेवा सुंविधाको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। विराटनगरमा सोमबार आयोजित एक कार्यक्रमबीच पहुँच नपुगेका साना ब्यवसायी, नयाँ लगानी गर्न युवा ब्यवसायी, अपाङ्गता भएका ब्यक्तिलाई प्राथमिकता राख्दै बैँकले सुविधा दिन सहमति गरेको हो। महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारीले सहमति अनुसार आवश्यक कागजात मूल्यांकनसंगै […]

उद्योग वाणिज्य महासंघ लुम्बिनीको अध्यक्षमा शर्मा विजयी

२५ पुस, बुटवल । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्षमा भैरहवाका कृष्णप्रसाद शर्मा निर्वाचित भएका छन् । शनिबार भैरहवामा सम्पन्न महासंघको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनमा महासंघका निवर्तमान केन्ऽिय सदस्य बुटवलका व्यवसायी सुरेन्ऽ प्रसाद श्रेष्ठलाई पराजित गर्दै शर्मा विजयी भएका हुन् । शर्माले एसोसियटतर्फ खसेको १०१ मतमा ७८ र जिल्ला नगरतर्फ खसेको ३० मतमध्ये […]

उद्योग वाणिज्य महासंघ प्रदेश १ को अध्यक्षमा ढकाल

२० पुस, विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को अध्यक्षमा टीका ढकाल निर्विरोध निर्वाचित भएका छन् । सोमबार झापाको विर्तामोडमा भएको तेस्रो साधारणसभाबाट ढकाल निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्षमा उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले दाबेदारी प्रस्तुत गर्दै आएका थिए । तर अन्तिम समयमा घिमिरेपछि हटेपछि नयाँ समिति निर्विरोध निर्वाचित भएको हो […]