८ मिनेटको संसद बैठक : एमाले सांसदका अवरोधका बीच वार्षिक प्रतिवेदन पेश

प्रतिनिधि सभाको बैठकको सुरुवातमै नेकपा एमालेका सांसदहरुले अवरोध र नाराबाजी गरेका छन् । मंगलबार दिउँसो १ बजे बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सदनको कारवाही सुरु भएको जानकारी गराउने बित्तिकै एमालेका सांसदहरुले सभामुखको आसन अगाडि पुगेर नाराबाजी गरे । सभामुख सापकोटाले पटक-पटक सभाको बैठक सुचारु गर्न दिनका लागि आग्रह गरेपनि एमाले सांसदहरुले अवरोध छोडेनन् । सभामुखले संविधानको धारा १ सय ५ मा भएको व्यवस्था अनुसार अदालतमा विचाराधीन मुद्दाबारे संसदमा छलफल हुन नसक्ने स्मरण गराए । यस्तै उनले प्

सम्बन्धित सामग्री

संसद बैठक सात मिनेटमै सकियो

काठमाडौं : प्रतिनिधिसभाको बैठक सात मिनेट बसेर सकिएको छ । बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले अरु दिनजस्तै वेल घेरेर नाराबाजी गरेका थिए।विरोधकाबीच बैठक अघि बढाएका सभामुख अग्नि सापकोटाले प्रधानमन्त्रीका तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बडूलाई राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गर्न समय दिए।मन्त्री बडुले प्रतिवेदन पेश गरेलगत्तै बैठक स्थगित गरियो। अर्को बैठक फागुन २२ गते आइतबारका लागि बोलाइएको छ।

प्रतिनिधिसभा कार्यव्यवस्था समितिको बैठक डाकिएन, के हुन्छ आजको बैठक ?

शुक्रबार दिउँसो १ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ । सामान्यतया संसद बैठक सञ्चालन पूर्व कार्यव्यवस्था समितिको बैठक बस्ने गरेपनि आजका लागि भने बैठक बोलाइएको छैन । आज बस्ने संसद बैठकका लागि संघीय संसदले प्रकाशन गरेको कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने र अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी बीच भएको अनुदान सहायता सम्झौता माथि सामान्य छलफल गरियोस भनी प्रस्ताव प्रस्तुत ग

बिहीबार स्थगित संसद बैठक आज : एमसीसी होला त पास?

काठमाडौँ – बिहीबार स्थगित गरिएको प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने गरी सम्भावित कार्यसूचीसमेत सार्वजनिक गरिएको छ। संसद सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा जारी सम्भावित कार्यसूचीअनुसार संसद बैठकमा एमसीसीमाथि सामान्य छलफल हुने उल्लेख छ। यसअघि महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश हुनेछ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष […]

लगातार दशौं दिन पनि एमालेद्वारा प्रतिनिधि सभा बैठक अवरुद्ध

नेकपा एमालेले लगातार दशौं दिन पनि प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ । १४ सांसदलाई कारवाही गर्ने पार्टीको निर्णय सभामुखले सदर नगरेको विरोधमा एमालेले विरोध र नाराबाजी गर्दै आएको छ । सभामुख अग्निप्रसाद सापकोटाले 'प्रतिनिधि सभाको आजको कारवाही प्रारम्भ हुन्छ' भने लगत्तै सांसदहरूले वेलमा पुगेर नाराबाजी गरेका थिए । एमालेको नाराबाजीबीच सभामुखले कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गर्न समय दिए । त्यसपछि संसद बैठक २२ गतेसम्मका लागि स्थगित भएको छ ।

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ । आज दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो । आजको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त अध्यादेश खारेजसम्बन्धी व्यहोरा प्रस्तुत गर्नुहुनेछ। त्यस्तै प्रधनमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ । प्रमुख प्रतिपक्षी दल एमालेले लगातार संसद बैठक […]

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ।बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। दोस्रो पटक विघटनपछि सर्वोच्चले पुनर्जीवित गरिदिएको संसद बैठक बिजनेसविहीन बनेको छ। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने एउटा मात्रै संभावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।शून्य समय र विशेष समयमा सांसदहरुले बोल्ने, संसदीय समिति तथा संवैधानिक निकायका प्रतिवेदन पेश गर्ने र शोक प्रस्ताव पारित गर्नेबाहेक महत्वपूर्ण विषय संसदमा प्रवेश गरेका छैनन्। सदनमा पेश भएर अड्किएका