काठमाडौं : प्रतिनिधिसभाको बैठक सात मिनेट बसेर सकिएको छ । बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले अरु दिनजस्तै वेल घेरेर नाराबाजी गरेका थिए।विरोधकाबीच बैठक अघि बढाएका सभामुख अग्नि सापकोटाले प्रधानमन्त्रीका तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बडूलाई राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गर्न समय दिए।मन्त्री बडुले प्रतिवेदन पेश गरेलगत्तै बैठक स्थगित गरियो। अर्को बैठक फागुन २२ गते आइतबारका लागि बोलाइएको छ।