प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोध र नाराबाजीका कारण प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । आइतवार बसेको प्रतिनिधि सभाको बैठकमा पनि एमाले सांसदले ‘संसदीय सर्वोच्चता कायम गर’ भन्दै नारा लगाएका थिए ।
एमाले सांसदहरूको नाराबाजी नरोकिएपछि सभामुख अग्नि सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् । बैठक स्थगित गर्नुअघि सभामुख सापकोटाले भने, ‘वादविवाद गर्यौँ अब संवाद गरौँ ।’
सापकाटाले आफूले संविधान, ऐन, कानून र नियमअनुसार नै काम गरिरहेको र संसदीय सर्व...