प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका कारण प्रतिनिधि सभाको दोस्रो बैठक पनि अवरुद्ध भएको छ ।
साँझ ५ बजेको समयमा शुरू भएको बैठकमा एमाले सांसदहरूले २० मिनेट नाराबाजी गरेका थिए ।
त्यसपछि सभामुख अग्नि सापकोटाले साँझ सवा ५ बजे प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।
दोस्रो बैठकमा पनि एमाले सांसदले आफूविरुद्ध नाराबाजी गरेपछि सभामुख सापकोटाले संविधान र कानूनको बर्खिापाल नगरेको बताए ।
‘संविधान, नियम र कानूनअनुसार अगाडि बढ्न म प्रतिबद्ध छु, त्यसकारण यो सद...