उद्योगीलाई भ्रष्टाचार मुद्दामा मुछ्नु न्यायोचित हाेइन- सिमेन्ट उत्पादक संघ

गैरकानुनी रुपमा चुनढुंगा खानी उत्खनन गरी राजस्व हिनामिना गरेको कसुरमा खानी तथा भूगर्भ विभागका महानिर्देशकसहित ९ जना कर्मचारी,  नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकासहित ९ जना सिमेन्ट उद्योगी गरी १८ जनाविरुद्ध मुद्दा दायर भएको विषयमा नेपाल सिमेन्ट उत्पादक संघले आपत्ति जनाएको छ ।

सम्बन्धित सामग्री

सिमेन्ट उत्पादक संघ अध्यक्षमा रघुनन्दन मारु

२० साउन, काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघको अध्यक्षमा रघुनन्दन मारु सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबार भएको संघको २०औं वार्षिक साधारण सभाले मारुलाई ३ वर्षका लागि अध्यक्षमा निर्वाचित गरेको हो । मारु शिवम् सिमेन्टका प्रबन्ध निर्देशक …

दोषी ठहर नभइ उद्योगी पक्रनुले व्यावसायिक वातावरण खल्बलिन्छ : सिमेन्ट उत्पादक संघ

नेपाल सिमेन्ट उत्पादक संघले दोषी ठहर नभइ उद्योगी, व्यवसायीमाथि धरपकड हुनुले व्यवसायिक वातावरण खल्बलिने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । मारुती सिमेन्ट उद्योगका संचालक र कर्मचारीमाथि पक्राउ पूर्जी जारी भएको सम्बन्धमा संघले विज्ञप्ति जारी गर्दै भत्सर्ना गरेको हो ।

भ्रष्टाचार मुद्दा प्रकरण : बोल्यो सिमेन्ट उत्पादक संघ, ७ बुँदे धारणा सार्वजनिक

नेपाल सिमेन्ट उत्पादक संघ एक अर्ब २४ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार मुद्धा लागेका ९ सिमेन्ट उद्योगीको पक्षमा उभिएको छ । संघले ७ बुँदे विज्ञप्ति सार्वजनिक गर्दै उद्योगीले तोकिएभन्दा बढी चुनढुंगा खानी उत्खनन् नगरेको उल्लेख गरेको हो ।संघले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘उद्योगीले वार्षिक तोकिएभन्दा बढी चुनढुंगा उत्खनन् गरेपनि कुल तोकिएको समयमा तोकिएभन्दा बढी उत्खनन् गरेका छैनन् ।’ यद्यपि, वार्षिक तोकिए क्षमताभन्दा बढी उत्खनन् गरेपनि त्यसबापतको रोयल्टी तिरेको संघको भनाई

तथ्यहीन आरोपले लगानीकर्ता हतोत्साहित : सिमेन्ट उत्पादक संघ

चुनढुंगा उत्खनन गर्ने विभिन्न ९ सिमेन्ट उद्योगीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेपछि नेपाल सिमेन्ट उत्पादक संघले त्यसको विरोध गरेको छ। सिमेन्ट उत्पादकहरूको छाता संगठन संघले कानुनविपरीत र तथ्यहीन आधारमा भ्रष्टाचारको मुद्दा लगाउँदा लगानीकर्ता हतोत्साहित हुने र नयाँ लगानी पनि नआउने बताएको छ।    संघले एक विज्ञप्ति जारी गर्दै उक्त मुद्दा कानुनसम्मत र न्यायोचित नभएको भन्दै तथ्यहीन आरोपले लगानीकर्ताहरूमाथि नकारात्मक असर पर्ने धारणा सार्वजनिक गरेको हो। आयोगले बुधवार चुनढुंगा खानी अ...

तथ्यहीन आरोपले लगानीकर्ता हतोत्साहित : सिमेन्ट उत्पादक संघ

काठमाडौं । चुनढुंगा उत्खनन गर्ने विभिन्न ९ ओटा सिमेन्ट उद्योगीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेपछि नेपाल सिमेन्ट उत्पादक संघले त्यसको विरोध गरेको छ । सिमेन्ट उत्पादकहरूको छाता संगठन संघले कानुनविपरीत र तथ्यहीन आधारमा भ्रष्टाचारको मुद्दा लगाउँदा लगानीकर्ताहरू हतोत्साहित भएको र नयाँ लगानी पनि नआउने बताएको छ ।    संघले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै उक्त मुद्दा कानुनसम्मत र न्यायोचित नभएको भन्दै तथ्यहीन आरोपले लगानीकर्ताहरूमाथि नकारात्मक असर पर्ने धारणा सार्वजनिक गरेको हो । आयोगले बुधवार चुनढुंगा खानी अधिक दोहन भएको, राज्य र वातावरणलाई क्षति पुर्‍याएको कसुरमा ती उद्योगमाथि रु. १ अर्ब २६ करोडको बिगो माग दाबी गर्दै भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । संघले छिटो अवधिमै सिमेन्ट उद्योगमा रू. २ खर्बभन्दा बढी लगानी भएको र आयात प्रतिस्थापन गर्न सफल भएको उद्योगलाई मुद्दाले नकारात्मक असर गरेको उल्लेख गरेको छ । विगतका वर्षहरूमा भारतवाट सिमेन्ट र क्लिन्करसमेत आयात हुँदै आइरहेकोमा स्वदेशी सिमेन्ट उद्योगीहरूको अथक प्रयासले यी उत्पादनमा आत्मनिर्भर भइसकेको उल्लेख गरिएको छ । निकट भविष्यमा नै अर्बौंको सिमेन्ट निर्यातबाट व्यापार घाटामा कमी ल्याउने उद्योगीहरूमाथि तथ्यहीन रूपमा ठूलो क्षतिको आरोपले नयाँ लगानीकर्ताहरूमा समेत नकारात्मक प्रभाव पर्ने संघले उल्लेख गरेको छ । यस्तै संघले विज्ञप्तिमार्फत उद्योगहरूलाई सरल र सहज वातावरण बनाइदिन सरोकारवालाहरूसँग आग्रह गरेको छ । प्रचलित कानूनबमोजिम राजस्व/रोयल्टी भुक्तानी गरेको संघको दाबी छ । पुनर्निर्माणको विषम परिस्थितिमा उद्योगलाई आवश्यक कच्चा पदार्थ बढी उत्खनन गरेको कारणले मात्र निराधार रूपमा हतोत्साही गर्ने काम भएको उल्लेख गरिएको छ । उद्योगहरूले अनुमति पत्रमा तोकिएको वार्षिक परिमाणभन्दा केही थपघट उत्खनन गरे पनि रोयल्टी बुझाउँदै आएको संघको भनाइ छ । खानी तथा भूगर्भ विभागलाई उत्खनन गरेको परिमाणअनुसारको रोयल्टीसमेत बुझाएको संघले उल्लेख गरेको छ । संघले कुनै आर्थिक वर्षमा केही बढी उत्खनन हुँदैमा ठुलो प्राकृतिक स्रोतको क्षति भएको भन्ने कुरा सत्य नभएको पनि उल्लेख गरेको छ । संघका अनुसार हाल देशभर ६५ ओटा सिमेन्ट उत्पादन गर्ने उद्योगहरू छन् भने सञ्चालनमा रहेका यी उद्योगमध्ये क्लिन्करमा आधारित उद्योगहरू २१ छन् । यी उद्योगहरूमा कुल रू. २ खर्ब स्वदेशी लगानी छ भने प्रत्यक्ष र अप्रत्यक्ष गरी २ लाख जनाले रोजगारी पाएको संघको तथ्यांक छ । आयोगले विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित ९ कर्मचारी र सर्वोत्तम सिमेन्ट, सिद्धार्थ मिनरल्स प्रालिलगायत मारुती सिमेन्टस्, अन्नपूर्ण क्वेरिज प्रालि., उदयपुर मिनरल्स टेक प्रालि., युनाइटेड सिमेन्ट, सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड, कञ्चन क्वेरिज प्रालि. र डोलोमाइट प्रा.लिका सञ्चालकविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले उद्योगीविरुद्ध तथ्यहीन मुद्दा लगायो : सिमेन्ट उत्पादक संघ

१४ माघ, माठमाडौं । सिमेन्ट उत्पादक उद्योगहरुको साझा संस्था नेपाल सिमेन्ट उत्पादक संघले सिमेन्ट उद्योगीहरुमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लगाएको मुद्दाको विरोध गरेको छ । शुक्रबार एक विज्ञाप्ति जारी गर्दै संघले आत्मनिर्भरतातर्फ अघि बढको सिमेन्ट र क्लिङ्करको औद्योगिक क्षेत्रलाई निरुत्साहित गर्ने गरी अख्तियारले तथ्यमा नटेकी मुद्दा दायर गरेको दावी गरेको हो । ‘छोटो समयमा नै […]

उद्योगीलाई भ्रष्टाचार मुद्दामा मुछ्नु न्यायोचित हाेइन- सिमेन्ट उत्पादक संघ

गैरकानुनी रुपमा चुनढुंगा खानी उत्खनन गरी राजस्व हिनामिना गरेको कसुरमा खानी तथा भूगर्भ विभागका महानिर्देशकसहित ९ जना कर्मचारी,  नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकासहित ९ जना सिमेन्ट उद्योगी गरी १८ जनाविरुद्ध मुद्दा दायर भएको विषयमा नेपाल सिमेन्ट उत्पादक संघले आपत्ति जनाएको छ ।