काठमाडौं : डिल्लीबजारस्थित भोजनगृह रेष्टुरेन्ट थप विशेषतासहित पुनः सञ्चालनमा आएको छ। २०५७ सालमा खुलेको भोजनगृह कोरोना महामारीको समयमा बन्द थियो।भोजनगृह रहेको भवन तत्कालीन राजाका बडागुरुज्यूको भएकाले ऐतिहासिक महत्त्व रहेको सञ्चालक भरत बस्नेतले बताए। उनका अनुसार १०० वर्ष पुरानो भवनमा मौलिक, परम्परागत जातीय वेशभूषासहितको नृत्य र नेपाली खाना भोजनगृहको प्रमुख विशेषता हुन्।भोजनगृह रहेको भवन जति पुरानो र ऐतिहासिक छ, भोजन गर्ने कक्ष पनि पुराना तथा ऐतिहासिक कलाकृतिबाट सजाइएको छ।भोजनगृहमा स