काठमाडौं : २०७४ सालमा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिन लागेका वेला सरकारमाथि चुनावको मिति घोषणा गर्न दबाब छ।तर, पाँचदलीय सत्ता गठबन्धनमा स्थानीय तहको निर्वाचनबारे एकमत हुन नसक्दा घोषणा हुन सकेको छैन। निर्वाचन आयोगले नै पुस ३० गते सर्वदलीय बैठक राखेर माघ पहिलो साताभित्रै निर्वाचन मिति तोक्न दबाब दिइसकेको छ।तर, सत्ता गठबन्धनमा सहभागी ठूला दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकमत हुन नसक्दा सरकारले चुनावको मिति तोक्न सकेको छैन। सरकारला