काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरकारको तथ्याङ्कमा ६ हजार पाँच सय पीपीए भएको देखिए पनि १५ सय कसैको झोला रहेको बताउनुभएकाे छ । आज आइतवार मन्त्रालयकाे एक वर्षकाे कार्य प्रगति सार्वजनिक गर्दै मुन्त्री भुसालले १५ सय मेगावाट बिजुली कसको झोलामा छ भनेर अनुसन्धान गर्ने बताउनुभयो ।
मन्त्री भुसालले चार वर्षदेखि रोकिएको पीपीए अहिले खुला गरिएको र तत्काल बन्द नगर्ने पक्षमा सरकार रहेको बताउनुभयो । उहाँले बिजुली उत्पादनमा निजी क्षेत्र प्रवेश गरेकाले देशमा लोडशेडिङको अन्त्य र विदेशमा बिजुली निर्यात...