प्रभु बैंकको १७ लाख ६२ हजार ९२४ कित्ता संस्थापक शेयर आजदेखि विक्रीमा

चैत २, काठमाडौं । प्रभु बैैंकले १७ लाख ६२ हजार ९२४ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले बुधवार एक सूचना जारी गर्दै कम्पनीका विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न सक्ने गरी विक्रीमा ल्याएको हो । उक्त शेयरको मूल्य भने तोकिएको छैन । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डको व्यवस्थालाई परिपालन गरेको प्रमाणित हुने कागजात सहित कम्पनीको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा निवेदन पेश गर्न अनुरोध गरेको छ । उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा अन्य व्याक्ति संघ संस्थालाई उक्त शेयर विक्री गर्ने कम्पनीले जानकारी गराएको हो ।

सम्बन्धित सामग्री

समृद्धि फाइनान्सको ९ लाख ४० हजार कित्ता शेयर आजदेखि लिलाममा, कहाँ दिने आवेदन ?

समृद्धि फाइनान्स Samriddhi Finance Company ले हकप्रदमा अवितरित शेयर आज चैत्र २९ गतेदेखि लिलाम गर्न लागेको छ । कम्पनीले  हकप्रदमा अवितरित संस्थापक समुहको ८ लाख ६७ हजार ३ सय ६६ कित्ता शेयर र सर्वसाधारण समुहको ७३ हजार १ सय कित्ता गरि कुल ९ लाख ४० हजार ४ सय ६६ कित्ता शेयर लिलाम गर्न लागेको हो। यस लिलामको लागि बिओके क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । लिलामीको शेयरमा बैशाख ७ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ । लिलामीको शेयरमा आवेदन दिंदा संस्थापक तर्फ न्युनतम १००० कित्ता र सर्वसाधारणतर्फ न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्ने छ । अधिकतम भने पुरै शेयरको लागि आवेदन दिन सकिने छ ।   संस्थापक समूहको शेयर खरीद गर्न ईच्छुक सम्पूर्ण खरीदकर्ताहरुले नेपाल राष्ट्र बैंकबाट संस्थापक शेयरधनीको लागि तोकिएको Fit & Proper Test (अनुसूचि ३) को विवरण, कर्जा सूचना केन्द्र लिमिटेडको कालोसूचिमा समावेश नभएको प्रमाणित प्रतिलिपि, पछिल्लो आ.व.को कर चुक्ता प्रमाणपत्र वा कर दाखिला गरेको निस्सा, आयस्रोत खुल्ने कागजातको प्रतिलिपि, स्थायी लेखा नम्बर (PAN) को प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक प्रमाणपत्रको प्रतिलिपि संलग्न गर्नुपर्नेछ। कम्पनीको हकमा आवेदनका साथ कम्पनीको दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, वित्तीय विवरण, कम्पनीको आयस्रोत खुल्ने कागजात, शेयर खरीद गर्ने सम्बन्धमा सो संस्थाको संचालक समितिको निर्णयको प्रतिलिपि संलग्न गर्नुपर्नेछ । साथै उक्त संस्था नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई जारी निर्देशन अनुसार संस्थापक शेयर खरीद गर्न योग्य हुनुपर्नेछ। यस लिलामीको शेयरमा जो कोहि व्यक्ति वा संघ संस्थाले आवेदन दिन सक्ने छ ।आवेदन दिनको लागि निम्न केन्द्र तोकिएका छन् बि.ओ.के. क्यापिटल मार्केट लि., नारायणचौर, नक्साल, काठमाण्डौ।बैंक अफ काठमाण्डू लि.को शाखा कार्यालयहरु: मेनरोड- बिराटनगर, आदर्शनगर -विरगंज, न्यूरोड -पोखरा, ट्राफिक चोक -बुटवल, सुर्खेत रोड - नेपालगंज, विरेन्द्रचौक विरेन्द्रनगर- सुर्खेत मेनरोड, चौराहा- धनगढी।समृद्धि फाइनान्स कम्पनी लि. केन्द्रिय कार्यालय हेटौडा- मकवानपुर, शाखा कार्यालयहरु पुतलीसडक- काठमाडौं, नारायणगढ-चितवन, पोखरा- कास्की, बुटवल-रुपन्देही।कम्पनिले हकप्रदमा रितपुर्वक आवेदन दिएकालाई १७ लाख ८९ हजार २ सय ३९ कित्ता शेयर बाँडफाँड गरिसकेको छ। हकप्रदमा संस्थापकतर्फ ६३ जना र सर्वसाधारणतर्फ ८ हजार २ सय ३५ जनाले आवेदन दिएकोमा उनीहरुलाई शेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ।कम्पनीले  फागुन ८ गतेदेखि २:१ अनुपात अर्थात् ५० प्रतिशतको दरले हुन आउने २७ करोड २९ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको  २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद निष्काशन गरेको थियो । फाईनान्सले हकप्रद निष्काशनको लागि पुस ११ बुक क्लोज गर्ने निर्णय गरेकोले पुस ८ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद पाउन सक्ने ब्यबस्था थियो।     वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त मुक्त घोषणा गरेपछि नयाँ समूहले लिएर फाइनान्सको नाम तथा लोगो परिवर्तन गरी समृद्धि फाइनान्सका नामबाट वित्तीय कारोबार सुरु गरेको हो।  फाइनान्सले यस अघि १:२ को अनुपातमा २ सय प्रतिशतको दरले ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद निष्कासन गरेको थियो ।

समृद्धि फाइनान्स कम्पनीको हकप्रद शेयरमा नबिकेको शेयर लिलामीमा आउने

चैत २१, काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले हकप्रद शेयरमा नबिकेको शेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले हकप्रद शेयर बाँडफाँट गरी बाँकी रहेको ८ लाख ६७ हजार ३३६ कित्ता संस्थापक शेयर र ७३ हजार १०० कित्ता सर्वसाधारण शेयर गरी कुल ९ लाख ४० हजार ४६६ कित्ता शेयर लिलामीमा ल्याउने जानकारी दिएको हो ।  कम्पनीले फागुन ८ गतेदेखि २९ गते सम्म २ : १ अनुपातमा रू.१०० अंकित दरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । कुल हकप्रद शेयरमध्ये संस्थापक समूहको हक हस्तान्तरणसमेत गरी कुल ६३ जना शेयरधनीहरुबाट  ७ लाख ५३ हजार १६२ कित्ता र सर्वसाधारण समूहको हकहस्तान्तरण समेत गरी कुल ८ हजार २३५ जना शेयरधनीबाट आवेदन परेको जम्मा १० लाख ३६ हजार ७७ कित्ता हकप्रद शेयर गरी कुल १७ लाख ८९ हजार २३९ कित्ता शेयर गत चैत १६ गते बाँडफाँट गरेको कम्पनीले बताएको छ ।  बाँकी नबिकेको शेयर कम्पनीले लिलामीमा ल्याउने तयारी गरेको हो । कम्पनीले लिलामीमा शेयर विक्री गर्ने मिति भने तय गरेको छैन ।

गुराँस लाइफ इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारणमा परिणत

भदौ १०, काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ ।  कम्पनीको १७ लाख ७८ हजार २६ दशमलव १४ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो ।  अब कमपनीको शेयर संमरचना संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत (५१:४९) भएको हो ।