सोह्र वर्षकै हुँदा आमा बनेकी सोरुकी सम्झना बडुवालले गर्भावस्था र सुत्केरी बेला खानपान र स्वास्थ्यको उचित हेरचाह पाइनन् । कामको चापमा पिल्सिएकी ३० वर्षीया उनलाई १० वर्षदेखि पाठेघरको समस्या छ । ‘सुत्केरी हुँदा पोसिलो खानेकुरा खान र आराम गर्न पाइएन, अहिले रोग पालेर बस्या छु,’ उनले भनिन् ।