नेकपा (एमाले) ले समानुपातिकतर्फको बन्दसूची आज निर्वाचन आयोगमा बुझाउने भएको छ । आइतबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको बन्दसूचीलाई सुझावसहित पारित गर्दै आज निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको थियो । एमालेले विभिन्न जिल्ला हुँदै प्रदेशबाट सिफारिस भएका आधारमा बन्दसूची तयार पारेको छ ।
रौतहट । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदाता स्थल सहित १८ केन्द्र थप गरिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार २०७९ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनको तुलनामा अगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदातालाई थप सहज बनाउन केन्द्र र स्थल थप गरिएका हुन् । विसं २०७९ को प्रतिनिधिसभाको निर्वाचनमा जिल्लामा पाँच सय २३ मतदान […]
पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने भएका छन् । भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग २०८२ को कार्यालयमा उक्त घटनाको जानकारी गराउन आज मध्यान्ह् १२ बजे जान लागेका हुन् । पूर्वगृहमन्त्री लेखकले आज नै दिउँसो २ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारमाध्यम […]
काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने काँग्रेसले जनाएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा (आइतबार कार्यसम्पादन समितिको बैठक बसेको थियो ।
सोमबार देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसोः तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु÷कुहिरो रहनेछ । यसैगरी देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ । राती तराई भू–भागका अधिकांश […]
काठमाडौँ । देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ । दिउँसो र राति केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । विभागका अनुसार दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ । देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली हुनेछ । कोसी, बगमती, गण्डकी र […]