बीपी प्रतिष्ठानका चिकित्सकहरूले आइतबारदेखि सुरु गरे आन्दोलन

विराटनगर - सरकारले ६ बुँदे सहमति गरेको ३३ दिन पुगिसक्दा पनि सहमति कार्यन्वयन नगरेको भन्दै सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धिकरण अभियान संयुक्त संघर्ष समितिसम्वद्ध चिकित्सकहरूले आइतबारदेखि आकस्मिक, कोभिड र परीक्षा बाहेकका नियमित सेवाहरूमा आफ्नो संलग्नता रोकेका छन् । ९ सेम्टेम्बरमा मनाइने प्रतिष्ठानको २…

सम्बन्धित सामग्री

बीपी प्रतिष्ठान र आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रतिष्ठानका आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएको छ। यो सहमतिसँगै चिकित्सक, शिक्षक तथा कर्मचारीको आन्दोलन टुङ्गिएको छ।

लगातारको आन्दोलनले अस्तव्यस्त बन्दै बीपी प्रतिष्ठान

नेपालकै एउटा महत्वपूर्ण स्वास्थ्य संस्थाको रुपमा रहेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, कर्मचारी, विद्यार्थी तथा नागरिक समाजसमेतको सहभागितामा शुरु भएको आन्दोलन सोमबार ८८ औं दिनमा पुगेको छ ।

बीपी प्रतिष्ठान : उपकुलपतिको कार्यकक्षमा लगाइएको ताला फोडियो

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत चिकित्सक तथा विद्यार्थीले प्रमुख पदाधिकारीहरूको कार्यकक्षमा डेढ महीनादेखि लगाएको ताला राजनीतिक दल निकट युवा संघहरूले फोडेका छन् । सोमवार प्रतिष्ठानमा पुगेर तीन राजनीतिक दल निकट संठगनहरूले विरोध प्रदर्शन गर्दै उपकुलपति डा. ज्ञानेन्द्र गिरीको कार्यकक्षमा लगाइएको ताला फुटाएका हुन् । बीपी सुधार अभियान अन्तर्गत प्रमुख पदाधिकारीहरूको राजीनामा लगायतको माग राख्दै आन्दोलित संयुक्त संघर्ष समितिले आइतवारदेखि आकस्मिक तथा कोभिड अस्पतालको बाहेक अन्य सेवा बहिष्कार गर्ने घोषणा गरेको थियो । प्रतिष्ठान सुधारको माग राख्दै चिकित्सक तथा विद्यार्थीले गरेको आन्दोलनलाई सहज ढंगले निकासतर्फ लैजानुपर्नेमा राजनीतिक दलहरूले प्रतिष्ठानमा अराजकता भिœयाएको आरोप समितिको छ । दलहरूको यस्तो हर्कतले प्रतिष्ठानमा काम गर्न सक्ने वातावरण झनै बिग्रने आन्दोलित चिकित्सकहरूले बताएका छन् । ‘हामीले सेवा ठप्प पारेका होइनौं, बहिष्कार गरेका हौं, आकस्मिक र कोभिड अस्पतालमा सेवा दिइरहेका छौं,’ प्रतिष्ठानका चिकित्सक डा. प्रकाश पराजुलीले भने, ‘सोमवारको घटनाले हामीले असुरक्षा महसूस गरेका छौं ।’ नेकपा एमाले धरान नगर कमिटी, संघीय लिम्बुवान मञ्च नेपाल धरान नगर कमिटी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलनको विरोध गरेका छन् । प्रतिष्ठानमा सृजित अराजकताले विद्यमान समस्या झनै बढाएको धरानका बुद्धिजीवी तथा धरान नागरिक दबाब सञ्जालका संयोजक प्राडा. राजेन्द्र शर्माले बताए । ‘सोमवारको घटनामा असहिष्णुता देखाउने अराजनितिक कार्य हो, लोकतन्त्रमा एउटा समूहले उठाएका शान्तिपूर्ण आन्दोलनलाई अर्को समूहले धैर्यपूर्वक सुन्ने अभ्यास गर्नुपर्नेमा ताला तोड्ने काम अराजकता र असहिष्णुताको पराकाष्ठा हो ।’ ताला तोड्न पुगेका राजनीतिक दलका युवा र प्रहरीबीच झडपसमेत थियो । सो क्रममा केही प्रहरी र राजनीतिक दलका कार्यकर्ता घाइते भएका छन् । ताला तोडफोडमा संलग्न राजनीतिक दलका कार्यकर्ताले भने बीपी प्रतिष्ठानको शुद्धीकरण आन्दोलनप्रति आफूहरूको समर्थन रहे पनि उपचार सेवा ठप्प भएकाले यसको विरोध गर्नुपरेको बताएका छन् । बीपीको शुद्धीकरणको माग गर्दै आन्दोलनरत संयुक्त संघर्ष समितिका संयोजक डा. एसपी रिमालले राजनीतिक दलले सोमवार प्रतिष्ठानमा गरेको प्रदर्शन र ताला फुटाएको घटना निन्दनीय भएको बताएका छन् । ‘चरम लापरबाही र बेथितिले प्रतिष्ठान धराशयी भइरहेको बेला राजनीतिक दलले खबरदारी गर्नुपर्नेमा यसरी प्रतिरोधमा उत्रनु दुःखद छ,’ उनले भने । यद्यपि प्रतिष्ठान सुधारको समाधान नआएसम्म आपूmहरूको आन्दोलन नरोकिने उनले बताए । प्रतिष्ठान सुधारका सम्बन्धमा यसअघि भएका सहमति र सम्झौता कार्यान्वयन नभएकाले दबाबस्वरूप ओपीडी सेवा ठप्प पार्नुपरेको आन्दोलनरत समितिले बताएको छ । चिकित्सकहरूले सोमवार उपकुलपति कार्यालय परिसरमा केही बिरामीको स्वास्थ्य परीक्षण भने गरेका थिए । यसैबीच, प्रतिष्ठानका सहायक निर्देशक र नायब अस्पताल निर्देशकले पदबाट राजीनामा दिएका छन् । दुईवर्षे कार्यकालका लागि नियुक्ति भएका नायब अस्पताल निर्देशक डा. दिव्यराज मिश्र र सहायक निर्देशक डा. प्रमोद बरालले राजीनामा दिएका हुन् । डा. मिश्रले सोमवार राजीनामा दिएका हुन् भने डा. बरालले १० दिनअघि राजीनामापत्र बुझाइसकेका छन् । राजीनामापत्रमा आफ्नो व्यस्तताको कारण देखाइए पनि काम गर्न सक्ने वातावरण नभएकाले राजीनामा दिएको बुझिएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. चूणामणि पोखरेलले दुवैजनाले राजनिामा दिएको पुष्टि गरे । उनीहरूको राजीनामापत्र स्वीकृत भए÷नभएकोमा विषयमा भने आफू अनभिज्ञ रहेको उनको भनाइ छ ।

बीपी प्रतिष्ठानका भ्रष्टाचारी पदाधिकारीलाई सरकारले संरक्षण गरेको चिकित्सकको आरोप

सुनसरी । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका भ्रष्ट्रचारमा संलग्न चारजना पदाधिकरीहरुलाई कार्वाही गर्नुको साटो सरकारले उल्टै संरक्षण गरेको यहाँका चिकित्सक कर्मचारीहरुले आरोप लगाएका छन् । ७० औं दिनदेखि बीपी प्रतिष्ठान शुद्धिकरणको आन्दोलन सुरु गरेका चिकित्सक कर्मचारीहरुले तत्काल प्रतिष्ठानका उपकुलपती डा. ज्ञानेन्द्र गिरी, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी, शिक्षाध्यक्ष डा. गुरु खनाल र निर्देशक […]

बीपीमा अख्तियारको छापा : खरीद तथा निर्माणसम्बन्धी फाइल नियन्त्रणमा

धरान (अस) । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार र अनियमितताको विषय चर्को रूपमा उठ्नान हुन थालेपछि अख्तियारको चासो बढेको छ । उक्त विषयमा छानबिन अघि बढाउने पहलस्वरूप अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय सहित क्षेत्रीय कार्यालय इटहरीको टोलीले विहीबार प्रतिष्ठानमा छापा मारेको छ । अख्तियारको केन्द्रीय कार्यालयबाट एसएसपी टेकबहादुर तामाङको नेतृत्वमा पाँचजना तथा इटहरीस्थित क्षेत्रीय कार्यालयको समन्वयमा दुई जनासहित सातसदस्यीय टोली प्रतिष्ठान आएको हो । टोलीले खरीद तथा निर्माणसँग सम्बन्धित फाइल नियन्त्रणमा लिएको छ भने विभिन्न शाखा तथा महाशाखा प्रमुखहरूसँग सोधपुछ गरेको छ । प्रतिष्ठानमा भएका खरीद, निर्माण तथा विद्युत् आपूर्ति लगायत विषयमा छानबिन शुरू गरिएको एसएसपी तामाङले बताए । प्रतिष्ठानका प्रमुख चार पदाधिकारीले काम सम्हालेपछि अनियमितता एवं भ्रष्टाचार बढेको तथा अन्य पदाधिकारीले समेत प्रतिष्ठान चुस्त दुरुस्त सञ्चालन गर्न नसकेको भन्दै सम्बद्ध चिकित्सक तथा कर्मचारीले आन्दोलन गरेकाले पनि अख्तियारको ध्यान केन्द्रित भएको बताइएको छ । बीपी प्रतिष्ठान शुद्धीकरणका लागि कर्मचारी, चिकित्सक, विद्यार्थी, विभिन्न फ्याकल्टी, नर्स लगायतको संयुक्त आन्दोलन अहिले पनि जारी छ । प्रतिष्ठानमा उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक डा. गौरीशंकर साहले नियमविपरित विभिन्न उपकरण खरीद तथा आफूखुशी क्वार्टर मर्मतको नाममा खर्च गरेको लगायत विषयमा समेत टोलीले छानबिन गर्ने अख्तियार स्रोतले बताएको छ ।

बीपी प्रतिष्ठान धरानमा अख्तियारको छापा

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारले छापा मारेको छ । बिहीबार अख्तियारको केन्द्रीय कार्यालय र इटहरीस्थित क्षेत्रीय कार्यालय समेतबाट खटिएको टोलीले छापा मारी महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको जनाइएको छ ।औषधि, उपकरण खरिद, इन्टरनेट, विद्युत आपूर्ति लगायतका शीर्षकमा प्रतिष्ठानका पदाधिकारीले भ्रष्टाचार गरेको भन्दै चिकित्सक र कर्मचारीले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् भने सम्बन्धित निकायको समेत ध्यानाकर्षण गराउँदै आएका छन् । यस विषयमा अख्तियारकाे केन्द्रीय कार्यल