३३ सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुणमणि उप्रेती गोरेले सनम शाक्यको परिवारलाई १३ लाख बढी क्षतिपूर्ति भर्नुपर्ने भएको छ । तस्करीको सुन हराएपछि गोरे समूहबाट शाक्यको हत्या भएको थियो । जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले गोरेलाई अपहरण तथा शरीर बन्धक मुद्दामा १० वर्ष कैद, एक लाख जरिवाना र मृतक शाक्यको परिवारलाई १३ लाख ११ हजार क्षतिपूर्ति भराउने गरी सजाय निर्धारण गरेको अदालतका श्रेस्तेदार टिकेन्द्रबीरजंग राणाले जानकारी दिए । श्रेस्तेदार राणाले गोरेलाई मुद्दा दर्ता भएद