बझाङ - बझाङकाे मष्टा गाउँपालिका भातेखाेलाकी गिठीदेवि जाेशीले ८९ वर्षकाे उमेरमा नागरिकता पाउनु भएकाे छ । उहाँले हिजाे शुक्रवार नागरिकता पाउनु भएकाे हाे ।
प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको टोलीले घरमै गएर नागरिकता दिएपछि जाेशीसहित स्थानीयसमेत खुसी भएका छन् ।
उहाँ नागरिकताको आवश्यकताबारे थाहा नहुँदा नागरिकताविहीन हुनुभएकाे पाण्डेयले बताउनु भयाे । 'आमाले नागरिकता नपाएको बारेमा छोरा गौरीलालले जिल्ला प्रशासनमा खबर गर्नुभएको थियो । त्यसपछि सम्पूर्ण कागजात तयार गरेर घर...