काठमाण्डाै – इलामको फाल्गुन्द सुकिलुम्बा विमानस्थलमा फागुन ११ गतेदेखि हप्तामा दुई उडान हुने भएको छ । यती एअरलाइन्सको भगिनी संस्था तारा एअरले हप्तामा दुई वटा उडान गर्ने जनाएको छ ।
निर्माण प्रक्रिया थालेको २० वर्षपछि सुकिलुम्बा विमानस्थलमा तारा एअरले हरेक आइतवार र बिहीवार काठमाण्डाैदेखि सुकिलुम्बा उडान भर्न लागेको तारा एअरका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिनुभयो ।
धावनमार्ग कालोपत्र भइ परीक्षण सम्पन्न भएसँगै नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका र तारा एअरको संयुक्त पहलमा विमान...