कांग्रेसमा उपसभापति र महामन्त्रीमा महिलाका लागि एक/एक पद थप्ने ‘लबिइङ’ सुरु भएको छ । कांग्रेसको विधानलाई थप समावेशी बनाउन भन्दै नेत्रीहरूले महिला मात्रै प्रतिस्पर्धा गर्न पाउने गरी प्रस्ताव ल्याउने तयारी गरेका हुन् । उक्त प्रस्ताव पार्टीको आसन्न महासमिति बैठकमा लैजाने तयारी उनीहरूको छ ।