बझाङ : गत कात्तिकको वर्षापछिको बाढी र पहिरोले अवरुद्ध पारेको बझाङको चैनपुर जोड्ने जयपृथ्वी राजमार्ग एक महिनापछि सञ्चालनमा आएको छ।जालेबगरमा सेती नदी डाइभर्ट गरी सडक खोलेसँगै आज (शनिबार) राजमार्ग फेरि सञ्चालनमा आएको हो।बाढी पहिरोले अवरुद्ध भएको राजमार्गको नारुगौडा र जालेबगरमा सेतीले सडक बगाएर नदी बग्न थालेपछि वैकल्पिक बाटो खोलेर सडक सञ्चालनमा आएको हो।राजमार्गअन्तर्गत केदारस्युँ गाउँपालिकाको नारुगौडामा वैकल्पिक बाटो खोली मालवाहक ट्रकहरु र यात्रुवाहक बसबाहेक यातायातका साना स