काठमाडौं : मानव जातिले आफ्नो अभिव्यक्तिको माध्यमको रूपमा गीतलाई कहिलेदेखि अँगाले ठ्याक्कै भन्न सकिँदैन तर रेकर्ड गरेर एउटै गीत मन लागेको स्थान र समयमा सुन्न सकिने सुविधा आएको भने धेरै भएको छैन।अहिलेको अवस्थामा मान्छेले दुःख, पीडा, खुशी आदिको अभिव्यक्तिसँगै धेरै मानिसलाई जोड्ने विभिन्न पर्व तथा उत्सवका गीतहरू त गाउँछन् नै साथै आफ्नै प्रचार प्रसारका लागि पनि गीत प्रयोग हुने गर्छ। चुनाव लक्षित गीत त्यसका उदाहरण हुन्। पछिल्लो एक महिनामा मात्रै चुनाव लक्षित पचासभन्दा बढी गीत सार्वजनिक भइसकेका छन