म्यानमार सैन्य 'कू' : आङ सान सुकीमाथि अर्काे आराेप

काठमाण्डाै – म्यानमारकी विपक्षी नेतृ आङ सान सुकीमाथि अर्काे आराेप लगाइएकाे छ । भिडियाे लिङ्कमार्फत अदालतमा हाजिर गराइएकाे दिन सुकीविरुद्ध दाेस्राे आराेप लगाइएकाे हाे ।  यसअघि सुकीविरुद्ध आयात–निर्यात कानुनलाई तोडेको, गैरकानुनी रूपमा सञ्चार उपकरणहरू कब्जा गरेको, देशकाे प्राकृतिक विपद् कानुनकाे उल्लङ्घन गरेकाे लगायतका आरोप लगाइएको थियो ।  मङ्गलवार जारी गरिएकाे आराेप केसँग सम्बन्धित छ भन्नेबारे खुलाइएकाे छैन । यसैबीच म्यानमारमा सैन्य ‘कू&rsq...

सम्बन्धित सामग्री

नेतृ सुकी स्वस्थ रहेको म्यानमारको सेनाको दाबी

९ जेठ, काठमाडौं । म्यानमारको सेनाका प्रमुख मिन औङ हलिङले प्रजातन्त्रवादी नेतृ आङ सान सुकी स्वस्थ रहेको बताएका छन् । गत फेब्रुअरी महिनामा निर्वाचित सरकारलाई हटाउँदै कू गरेयता पहिलोपटक सेनाका प्रमुखले अन्तर्वार्ता दिएका हुन् । उनले अबको केही दिनमा सुकीलाई अदालतमा पेश गरिने बताएका छन् । सुकी अहिले म्यानमारमा नजरबन्दमा छिन् र सेनाले सत्ता कब्जा […]

म्यानमारकी नेतृ आङ सान सुकी सेनाकाे हिरासतमा

काठमाण्डाै - म्यानमारकी नेतृ आङ सान सुकी पक्राउ पर्नु भएको छ । उहाँलाई सेनाले हिरासतमा लिएको उहाँको पार्टी नेशनल लिग फर डेमोक्रेसी जनाएको हो । केही समयदेखि म्यानमार सरकार र सेनाबीच भइरहेको तनावपछि सुकी पक्राउ पर्नु भएको हो । सुकीको पक्राउसँगै म्यानमारमा सत्ता परिवर्तन हुने आशंका छ । सुकीको पार्टी ने...

म्यानमार घटनाबारे प्रगतिशील लेखक संघको विरोध

काठमाडौँ । प्रगतिशील लेखक सङ्घले म्यानमारमा हालै भएको सैनिक कूको विरोध गरेको छ । प्रलेसका अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरी र महासचिव समीर सिंहको हस्ताषरमा २०७७ माघ १९ गते जारी प्रेसवक्तव्यमा म्यानमार घटनाको विरोध गरिएको हो । म्यानमार प्रजातान्त्रिक आन्दोलनको समर्थनमा विश्वव्यापी रूपमा चल्ने आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गरिएको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ– “म्यानमारमा सैनिक ‘कू’ गरी सङ्कटकाल घोषणा गरिएको अप्रजातान्त्रिक कदमप्रति प्रगतिशील लेखक सङ्घको ध्यानाकर्षण भएको छ । जनताको मतलाई सम्मान गर्दै विश्वव्यापी रूपमा प्रजातान्त्रिक अभ्यासलाई अझ सशक्त पार्दै जानुपर्नेमा म्यानमारमा प्रजातन्त्रको हत्या गर्ने कार्य भएको छ । राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सिलर आङ सान सुकी र सुकीको पार्टी नेसनल लिग फर डेमाक्रेसीका वरिष्ठ नेताहरूलाई गिरफ्तार गरी सेनाद्वारा सत्ता कब्जा गरिएको छ । प्रजातन्त्रवादी नेत्री सुकीले सेनाको उक्त घटनाको प्रतिरोध गर्न आम जनतासँग आह्वान गरेकी छिन् । अहिले विश्वव्यापी रूपमा म्यानमारको सैनिक ‘कू’ को विरोध गरिरहेको सन्दर्भमा प्रगतिशील लेखक सङ्घले पनि सो घटनाको भत्र्सना गर्दछ र म्यानमारको प्रजातान्त्रिक आन्दोलनको समर्थनमा विश्वव्यापी रूपमा चल्ने न्यायपूर्ण आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दछ ।”

सुकी पहिलो पटक प्रभावित राखिन राज्यको भ्रमणमा :: Pahilopost.com

म्यानमार :  म्यानरमारकी विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सुकी पहिलो पटक हिंसा प्रभावित राखिन राज्यको भ्रमणमा गएकी छन्।  सुकीको भ्रमण पूर्व निर्धारित तालिका विनै भएको हो। विना कुनै सूचना बिहीबार बिहान उनी राखिन पुगेकी अधिकारीहरुले जानकारी दिएका छन्। म्यानमारको उत्तरी राखिन राज्यमा गत अगष्ट महिनादेखि हिंसा सुरु भएको थियो।

के हुँदैछ म्यानमारमा, के गर्दैछिन आङ सान सुकी ? :: Pahilopost.com

मोहिनी मिश्र रिसाल काठमाडौंः  विगतमा सैनिक शासनका कारण र प्रजातन्त्रवादी नेतृ आङ सान सुकीमाथि त्यहाँको जुन्ता सरकारले गर्ने ज्यादतीका कारण सधैँजसो चर्चामै तर विश्व समुदायबाट लगभग अलग्गिएजस्तो रहने म्यानमार यतिखेरै अर्कै विषयले चर्चामा छ। यस चर्चाको केन्द्रविन्दुमा पनि सुकी चाहिँ छुटेकी छैनन्।दशकौँपछि म्यानमारले प्रजातन्त्र देखेको तीन वर्षमात्र भयो।

सुकी राष्ट्रसंघीय महासभामा नजाने - Naya Patrika

रोहिंग्या विवादलाई लिएर अन्तर्राष्ट्रिय समुदाय म्यानमार सरकारविरुद्ध खनिने सुकीको डर – म्यानमारका राज्य सल्लाहकार एवं विदेशमन्त्री आङ सान सुकी संयुक्त राष्ट्रसंघको महासभामा सहभागी नहुने भएकी छिन् । सुकीले सो...पूरा पढ्नुहोस् »