काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव अचानक ल्याउनुको अर्थ र उद्देश्य केही थाहा नभएको प्रतिक्रिया दिएको छ। सत्ता गठबन्धनका दलहरूले आइतबार प्रधानन्यायाधीशविरुद्ध महाभियोग दर्ता गरे पनि प्रमुख प्रतिपक्षी दल एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूहरूसँग कुनै छलफल नभएको प्रतिक्रिया दिए। उनले थाहाखबरसँग भने, उहाँहरूले अचानक महाभियोग दर्ता गर्नुभएको रहेछ। कुन उद्देश्यले गर्नुभयो हामीलाई थाहा छैन। त्यस