कैलाश मानसरोवरको दूरदर्शनका लागि भारतीय सद्गुरु हुम्ला सदरमुकाम सिमकोट आइपुगेका छन् । हिन्दु र बौद्ध धर्मालम्बीको तीर्थस्थलका रुपमा रहेको कैलाश मानसरोवरको दर्शन गर्ने समय भएकोले हिमाल पारिको गाउँका रुपमा चिनियको नाम्खा गाउँपालिका-६ लिमीको लाप्चाबाट दूरदर्शन गर्नका लागि सद्गुरु ७० जनाको टिमसहित तेस्रो पटक मंगलबार हुम्ला आइपुगेको पर्यटन व्यवसायी विजय लामाले बताए ।