कोदोको महत्वका बारेमा थाहा नहुँदा यसको खेतीप्रति किसानको आकर्षण घट्दै जाँदा लोप हुँदै गएको हो । व्यावसायिक रूपमा खेती गर्ने किसानको सङ्ख्या कमी हुँदै गएपछि परम्परागत मुख्य खाद्यान्नबालीका रूपमा स्थापित कोदोखेती लोप हुने अवस्थामा पुगेको हो ।
गलेश्वर– म्याग्दीमा परम्परागत रुपमा उत्पादन हुँदै आएको फापर, जुनेलो र कोदो खेतीमा कमी आएको छ । कुनै बेला प्रशस्त उत्पादन हुने फापर, जुनेलो र कोदो खेतीमा किसानले रुचि देखाउन छाडेकाले उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । जुनेलो मुरली मकै देखिने अन्न हो । खासगरी मधुमेहका रोगी र वर्त लिएका मानिसले शुद्ध […]
२४ असार, गलेश्वर । एक दशकअघिसम्म ग्रामीण क्षेत्रमा धान, कोदो रोप्दा अर्मपर्म लगाउने परम्परा हिजोआज हराउँदै जान थालेको छ । पर्म लगाउने परम्पराका साथै पर्मका बेला गाइँने पर्मेली गीत पनि लोप हुँदै गएका छन् । धान, कोदो रोप्दा र गोडमेल गर्दा गाइँने पर्मेली गीतले कुनैबेला म्याग्दीको ग्रामीण क्षेत्र घन्किथ्यो । गीत गाउँदै असारे झरीमा अर्मपर्म […]
धनुषा । तीन दशकअघि धनुषाको मुख्य खाद्यान्न बालीमध्ये एक कोदो (मरुवा) खेती अहिले लोप हुने अवस्थामा पुगेको छ । कोदो बालीलाई माडेर झार्ने भएकाले कतिपय स्थानमा मडुवा मात्रै भनेर पनि चिनिन्छ ।
व्यावसायिक रूपमा खेती गर्ने किसानको सङ्ख्या कमी हुँदै गएपछि परम्परागत मुख्य खाद्यान्न बालीको रूपमा स्थापित कोदो खेती लोप हुने अवस्थामा पुगेको हो । तीन दशकअघि धनुषाको प्रायःजसो सबै ग्रामीण भेगका तत्कालीन ढल्केवर, बटेश्वर, सखुवा महेन्द्रनगर, दिगम्बरपुर, धारापानी, लवटोली, गोदार, तुलसी, भरतपुरलगायतका गाविसका अधिकांश किसानले कोदो खेती गर्दथे । तर अहिले कोदो खेती पूरै विस्थापित हुने अवस्थामा पुगेको किसानहरू बताउँछन् ।
स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिने कोदो बाली...
धनुषा- तीन दशकअघि धनुषाको मुख्य खाद्यान्न बालीमध्ये एक कोदो (मरुवा) खेती अहिले लोप हुने अवस्थामा पुगेको छ। कोदो बालीलाई माडेर झार्ने भएकाले कतिपय स्थानमा मडुवा मात्रै भनेर पनि चिनिन्छ। व्यावसायिक रूपमा खेती गर्ने किसानको सङ्ख्या कमी हुँदै गएपछि परम्परागत मुख्य खाद्यान्न बालीको रूपमा स्थापित कोदो खेती लोप हुने अवस्थामा पुगेको हो। तीन दशकअघि धनुषाको प्रायःजसो […]
तीन दशकअघि धनुषाको मुख्य खाद्यान्न बालीमध्ये एक कोदो (मरुवा) खेती अहिले लोप हुने अवस्थामा पुगेको छ । कोदो बालीलाई माडेर झार्ने भएकाले कतिपय स्थानमा मडुवा मात्रै भनेर पनि चिनिन्छ ।व्यावसायिक रूपमा खेती गर्ने किसानको सङ्ख्या कमी हुँदै गएपछि परम्परागत मुख्य खाद्यान्न बालीको रूपमा स्थापित कोदो खेती लोप हुने अवस्थामा पुगेको हो । तीन दशकअघि धनुषाको […]
काठमाडौँ,११ पुष । गाउँघरमा कुटानीपिसानीको लागि सहज मानिने पानीघट्ट चलाउने प्रचलन हराउन थालेको छ । विभिन्न विद्युतीय सामग्री आउन थालेपछि यस्ता खालका पराम्परागत रुपमा प्रचलनमा रहेका पानीघट्ट हराउदै गएको हो । ओरालोमा पानीलाई झारेर पङ्खालाई घुमाएर ढुङ्गाको जातोको साहराले मकै, गहँु, कोदो, फापर लगाएतका अन्नबालीलाई पिस्ने गरिन्छ । यसबाट स्थानीयले सहज र सरलरुपमा अन्नबाली पिस्दै […]
गलेश्वर– म्याग्दीका विभिन्न ठाउँमा लोप हुँदै गएको कोदो खेती मालिका गाउँपालिका वडा नं २ रुमको बेली गाउँमा भने फस्टाउँदै गएको छ । यहाँका बासिन्दाहरूले अरु खेतीलाई भन्दा कोदो खेतीलाई महत्व दिँदै आइरहेका छन् । म्याग्दीका खेतका फाँटमा धानका बाला लहलह झुल्न थाले पनि बारी भने बनमारा र झारले भरिएका छन् । तर बेली गाउँको अवस्था […]
माघ २, पाल्पा । रैथाने अन्नबाली उत्पादनमा किसानको जागर छैन । मेहनतअनुसारको फल नआएपछि किसान बढी उत्पादन दिने अन्नबाली तथा तरकारी खेतीमा आकर्षित भएका छन् । बढी उब्जनी हुने अन्नबाली तथा तरकारी खेतीमा चासो बढेपछि पाल्पालगायत पहाडी जिल्लामा उत्पादित रैथानेबाली पछिल्ला वर्षमा लोप हुँदै गएका छन् ।
खेतीयोग्य जमिनमा समेत रैथानेबाली हराउन थालेको छ । जलवायु परिर्वतनले उत्पादनमा कमी आएसँगै किसानको परम्परागत अन्नबाली खेतीमा आकर्षणसमेत घटेको हो ।
बगनासकाली गाउँपालिका–८, बगनासकी जेम कुमारी हिताङ्ग अहिले कोदो र फापरखेतीमा व्यस्त छन् । पहिला तीन चार मुरी कोदो र फापर उत्पादन हुने गरेकामा अहिले २०/२५ पाथी मात्र उत्पादन हुन्छ । कोदो, फापरलगायत रैथानेबालीको माग गाउँ तथा सहरी क्षेत्रमा भने बढ्दो छ ।
पहिला निकै मेहनतका साथ उत्पादन गरिने भएकाले कोदो, फापरलगायत बाली प्रशस्त उत्पादन हुँदै आएको थियो । मेहनत गर्ने मानिसको अभाव, जलवायु परिर्वतन र शहरीकरणले गर्दा परम्परागत अन्नबाली लोप हुँदै गएको कृषक हिताङ्ग बताउँछन् ।
कृषि पेशामा युवा जनशक्तिको आकर्षण छैन । समुदायका आश्रित व्यक्तिमा काम गर्ने क्षमता छैन । गोरुले जोत्ने खेतबारीमा अहिले ट्र्याटरबाट खनजोत हुन्छ । खेतीयोग्य जमिनमा अहिले खेती गर्न छाडेर बाँझो बनाउन थालिएको छ । परम्परागतरुपमा खेती गर्ने पाका पुस्ताले मात्र रैथानबाली लगाउँदै आएका छन् ।
पुराना अन्नबाली फापर, कोदो, जौ, तिल, भटमास, सिलामलगायत अन्नबाली वर्षेनी संकटमा परेको तानसेन नगरपालिका छापकी नरिसरा गाहा बताउँछन् ।
पुराना अन्नबाली उत्पादनमा युवाको चासो नै छैन, बुढापाका पुस्ताका मानिसले मात्र रैथानेबाली कोदो, फापर, गहुँ उत्पादन गरिरहेको उनको भनाइ छ ।
पछिल्ला वर्ष छिटो आम्दानी दिने उन्नत जातका अन्नबालीप्रति किसानले चासो बढाउन थालेका छन् ।
रैथाने अन्नबालीको उत्पादन वृद्धि प्रोत्साहनको अभावमा लोप हुने अवस्थामा पुगेकाले सरकारले विशेष चासोका साथ बीउ संरक्षण गरी उत्पादन वृद्धिमा चासो दिनुपर्नेमा स्थानीयवासी कमल भण्डारी जोड दिन्छन् ।
१०/१२ वर्षअघिसम्म कोदो र फापरको खेती व्यापक हुन्थ्यो तर अहिले तिनकोे उत्पादनमा कमी भए पनि बजारमा माग भने बढ्दो छ । निकै स्वादिलो परिकारका रुपमा कोदाको रोटी र ढिलोलाई लिइन्छ । रैथाने अन्नबालीको उत्पादन बढाउन सके स्वदेशका ठूला होटल तथा विदेशमा समेत निर्यात गर्न सकिनेमा उनी जोड दिन्छन् । रासस
हेटौंडा :कोदो फुल्यो बारीमा बरीलै...धानको बाला झुल्यो खेतैमा । नेपालीको महान् पर्व बडादशैँ आएको सङ्केत खेतमा झुलेका धान र बारीमा फुलेका कोदोका बालाले महसुस गराउँछन्। पछिल्लो समय कोदो लोप हुँदै गए पनि हेटौंडा-१२ पदमपोखरीका केही स्थानमा यति वेला धान र कोदोका बाला झुलेका छन्। कोदोका बाला फुल्दै छन् भने धानका बाला पाकेर झुल्न थालिसकेका छन्। तिहारमा फुल्ने सयपत्री र मखमली फूल भने यो वर्ष दशैँमा फूलेका छन्।