कनकासुन्दरी–५ की पूर्णादेवी न्यौपानेले घरमै धारा आउला, आफ्नो सहजताअनुसार पानी भरांैला भन्ने सोचेकै थिइनन् । एक गाग्री पानी ल्याउन घण्टौ लाग्ने बाध्यताबाट यति छिटै छुटकरा पाइएला भन्ने उनलाई कल्पनासमेत थिएन । तर स्थानीय सरकार आएको तीन वर्षमा घरमै धारो छड्किएपछि दंग परिन् । त्यस्तै सोही गाउँका जगदिश उपाध्यायको घरमा धारो छर्किंदा उनी निकै खुसी छन् ।
घरघरमा धारा आउलान् भनेर सोचेको थिएन, तर स्थानीय सरकारले पु¥यायो निकै सहज भएको उपाध्यायले बताए । लुड्कु गाउँमा एक घर एक धारा निर्माण अभियान चलाएर कनकासुन्दरी गाउँपालिकाले आव ०७५÷७६ कै बजेटमा हरेक बस्तीमा खानेपानी पु-याँदा स्थानीय खुसी छन् । लड्कुमा उदाहरणमात्र हो ।