९० घरमा ‘एक घर एक धारा’

तम्घास । खानेपानीको समस्या भएको गुल्मीको धुर्कोट र इस्मा गाउँपालिका क्षेत्रमा ‘एक घर एक धारा’ निर्माण सम्पन्न भएको छ । खानेपानीको समस्या भएको धुर्कोट–४ जैसिथोक गोपेमा ४० तथा इस्मा–२ पालुखामा ५० गरी कूल ९० घरमा खानेपानीको धारा जडान भइसकेका छन् । धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले शनिबार ‘एक घर एक धारा’ कार्यक्रमको उद्घाटन गरे । […]