कांग्रेस सांसदको एक स्वर : सुनिल शर्माको पक्राउ अनुचित

२६ साउन, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसदहरुले डा. सुनिल शर्माको पक्राउ अनुचित भएको बताएका छन् । सांसदहरुलाई गम्भीरतापूवर्क सुनेका नेताहरुले भने आइतबार यसबारे पार्टीको धारणा बनाउने बताएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले नक्कली प्रमाणपत्रबारे छानबिनका लागि बिहीबार कांग्रेस सांसद शर्मालाई पक्राउ गरेको थियो । शुक्रबार बसेको कांग्रेस संसदीय दलका बैठकमा […]

सम्बन्धित सामग्री

सदन अवरोधप्रति सांसदको एक स्वर– कुनै पनि बहानामा अवरोध नगरौं

काठमाडौं । प्रतिनिधिसभा सदस्यहरूले कुनै पनि बहानामा सदन अवरोध गर्न नहुने बताएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा सांसदहरूले सत्तापक्ष र प्रतिपक्षले आ–आफ्ना असन्तुष्टि व्यक्त गर्न र समस्याको समाधान खोज्न सदन अवरोध गरेर नभई सञ्चालन गरेर अघि बढ्नुपर्नेमा जोड दिए । बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सुन तस्करी प्रकरणको विषयमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘जनतालाई विश्वास दिलाउनका लागि पनि सरकार उच्चस्तरीय छानबिन समिति बनाउन तयार हुनुपर्छ ।’  उनले संसद्भित्र गैरसंवैधानिक शक्ति केन्द्रको निर्माण भइरहेको भन्दै सरकारको ध्यानार्कषणसमेत गराए । ‘संसद् तीन दलको बन्धक बन्न मिल्छ ? रातारात सल्लाह गर्ने र ती दलले निर्णय गर्‍यो भनेपछि हामी लुरुलुरूपछि लाग्नुपर्ने ?’ उनले प्रश्न गरे ।   उनले सदन अवरोध गरेर नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताबीचको छलफलको अभ्यास उचित नभएको बताए । तीन दलका कारण संसद् बन्धक बन्न नहुने उनको भनाइ छ ।  बैठकमा सांसद प्रेम सुवालले पटकपटक हुने सुन तस्करी प्रकरणबारे सरकारले स्पष्ट पार्नुपर्ने बताए । उनले पनि शीर्ष नेताका बीचमात्र हुने छलफलप्रति असन्तुष्टि व्यक्त गरे । अर्का सांसद रामप्रकाश चौधरीले सदन अवरोध गर्ने अभ्यासको अन्त्य हुनुपर्नेमा जोड दिए ।  सांसद राजकिशोर यादवले सदन अवरुद्ध हुँदा जनताका मुद्दा ओझेलमा परेको बताए । सुन तस्करी प्रकरणको छानबिन र अनुसन्धानलाई राजनीतिक स्वार्थ परिपूर्तिको माध्यम बनाउन नहुने उनको भनाइ छ ।  यस्तै, सांसद मेटमणि चौधरीले सरकारी निकायको संयन्त्रप्रति विश्वास गर्नुपर्ने बताए । उनले सुन प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको कामलाई विश्वास गनुपर्नेमा जोड दिए । सांसद अमरेशकुमार सिंहले सरकारी संयन्त्रप्रति अविश्वास बढ्दै गएको भन्दै सरकारको ध्यानार्कषण गराए । रासस

सदनमा सबै पार्टीका सांसदको एउटै स्वर : मिटरब्याज पीडितको समस्या छिटो समाधान गरौं

काठमाडौं । जनप्रतिनिधिले मिटरब्याज पीडितका समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदले धेरै गरिब नेपाली मिटरब्याजीको चङ्गुलमा फसेको भन्दै तत्काल मिटरब्याजीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरे ।  नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले मिटरब्याज पीडितको न्यायका लागि सरकारको ध्यानार्कषण गराए । उनले तत्काल समस्या समाधानका लागि कानुन निर्माण गर्न माग गरे ।  नेकपा (एमाले)को सांसद भगवती चौधरीले मिटरब्याज पीडित बैंक तथा वित्तीय संस्थाबाट सहज ढङ्गबाट ऋण नपाउँदा चर्को ब्याजदरमा साहुबाट ऋण लिन बाध्य भएको बताए । उनले भने, ‘एक लाख लिँदा १० लाख बढाउने मिटरब्याजी साहुका कारण पीडित घरबारविहीन भइरहेका छन् । वित्तीय साक्षरता नभएका कारण पनि धेरै नागरिक मिटरब्याजको समस्याबाट पीडित भएका छन् ।’ नेकपा (माअ‍ोवादी केन्द्र)का सांसद हितबहादुर तामाङले मिटरब्याज पीडितको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । ‘पूर्वी तराईबाट हिँडेर मिटरब्याज पीडित काठमाडौं भित्र्याएका छन्, देशका हरेक भागमा मिटरब्याजको समस्या फैलिएको छ । अहिलेको व्यवस्था मन नपराउने व्यक्ति यो समस्यालाई भड्काउन सक्छन् । सरकारले हिजो वार्ता टोली गठन गरेको छ, समस्याको अध्ययन गरेर समस्या समाधान गर्न सुझाव दिने विषय सकारात्मक छ, यो समस्यालाई सदाका निम्ति मुक्त गर्ने दिशातर्फ अगाडि बढ्नुपर्छ,’ उनले भने ।   नेकपा (एकीकृत समाजवादी)का सांसद भानुभक्त जोशीले मिटरब्याजबाट पीडित समुदाय देशका विभिन्न भागबाट १३ दिन पैदलयात्रा गरेर काठमाडौं पुगेको भन्दै तत्काल उनीहरूको समस्या समाधान गर्न सरकारसँग आग्रह गरे । ‘मिटरब्याज पीडितका समस्या समाधान गरेर उनीहरूलाई जतिसक्दो चाँडो घर फर्कने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउँछु,’ उनले भने ।   जनमत पार्टीका सांसद अनिता देवीले मिटरब्याज पीडित सरकारसँग न्याय माग्न काठमाडौं आएको भन्दै तत्काल उनीहरूको समस्या समाधान गर्न ध्यानाकर्षण गराइन् । ‘नागरिक बाध्यताले मिटरब्याजमा पैसा लिन बाध्य भएका हुन् । मिटरब्याजीलाई तत्काल कारबाही गर्नुपर्छ,’ उनले भने ।  लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद रामप्रकाश चौधरी मिटरब्याजले पारेको प्रभावका बारेमा वर्तमान संसद् शुरु हुनेबित्तिकै आफूले त्यससम्बन्धी विषय सदनमा उठाएको र अहिले सदन तथा सरकारको ध्यान गएको बताए । ‘पीडित ठाउँठाउँबाट आउने क्रम बढेको छ, प्रधानमन्त्रीबाट पनि समस्या समाधान गर्ने प्रतिबद्धता आएको छ, समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ,’ उनले भने ।  नागरिक उन्मुक्ति पार्टीका सांसद रञ्जीता श्रेष्ठले विलम्ब नगरी मिटरब्याजीविरुद्ध कानुन निर्माण गर्न माग गरिन् । उनले पीडितलाई न्याय दिलाउन कुनै कन्जुस्याइँ नगर्न आग्रह गरिन् ।  स्वतन्त्र सांसद योगेन्द्र मण्डलले मिटरब्याजीलाई सरकारले कारबाही गर्नुपर्ने बताए । उनले मल, बीउलगायत किसानका समस्या समाधान गर्न माग गरे ।  कांग्रेस सांसद ऐनबहादुर शाहीले छिटोभन्दा छिटो मिटरब्याजबाट पीडितको समस्या समाधान गरेर उनीहरूलाई आआफ्नो घर फिर्ता गर्न सरकारको ध्यानाकर्षण गराए । रासस

देउवालाई गुरु घिमिरेको चेतावनी– ‘मागेजति सिट नपाए अन्तर्घात हुन्छ’

काठमाडौँ– अन्ततः नेपाली कांग्रेसका नेता शेखर कोइराला पार्टीभित्र विद्रोह गर्ने मनस्थितिमा पुगेका छन्। १४ औँ महाधिवेशनपछि पार्टी सभापति शेरबहादुर देउवाले पेलेर पार्टी सञ्चालन गरेको भन्दै फरक स्वर राख्न सुरु गरेको यो समूहको असन्तुष्टि आमनिर्वाचन नजिकिँदै गर्दा चरम उत्कर्षमा पुगेको छ। असोज पहिलो साता पार्टीको तर्फबाट निर्वाचन आयोगमा बुझाइएको समानुपातिक सांसदको बन्द सूचीमा आफ्नो समूहका नेताको […]

महिला सांसदको एक स्वर- ५० प्रतिशत महिला उम्मेदवार अनिवार्य हुनुपर्छ

काठमाडौं । प्रमुख राजनीतिक दलका महिला सांसदहरुले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रत्यक्षतर्फ पनि जनसंख्याको आधारमा महिलाहरुलाई उम्मेदवार बनाउन माग गरेका छन् । प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउँदै उनीहरुले प्रत्यक्षतर्फ दलहरुले जनसंख्याकै आधारमा ५० प्रतिशत महिला उम्मेदवार बनाउन अनिवार्य हुनेगरी निर्वाचन कानून संशोधन गर्न माग गरेका हुन् । निर्वाचन सम्बन्धी कानुनलाई संविधानसम्मत बनाउन निर्देशन […]

बागमती प्रदेशका पूर्व मुख्यमन्त्रीदेखि साना दलका सांसदको एउटै स्वर

बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलदेखि साना दलका सांसदहरुले प्रादेशिक संरचनाको औचित्यमा प्रश्न उठाउन थालेका छन् । यथास्थितिमा प्रादेशक संरचनाको औचित्य नरहेको उनीहरुको तर्क छ ।संघीयता कार्यान्वयनको क्रममा अनावश्यक र अनुत्पादक क्षेत्रमा खर्च बढेको र संघीय सरकारले प्रदेशलाई आवश्यक अधिकार प्रत्यायोजन नगरेको भन्दै एमाले र साना दलले प्रदेश संरचनाको औचित्यमाथि प्रश्न उठाउन थालेका हुन् ।बागतमी प्रदेशका पूर्व मुख्यमन्त्री पौडेलेले केही समयअघि राटोपाटीलाई दिएको अन्तरवार्तामा प्रदेश संरचनामाथि

एमाले सांसदको नाराबाजीबीच विनियोजन विधेयक स्वीकृत

एमाले सांसदहरूको अवरोधका बीच प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक स्वीकृत भएको छ । एमाले सांसदहरूको नाराबाजीकाबीच सभामुख सापकोटाले मंगलबार बैठकलाई कार्यसूचीमा प्रवेश गराएका हुन् । अर्थमन्त्री जनार्दन शर्माले विधेयक पेस गरेलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले छलफलका लागि समय दिएका थिए । सभामुखले दिएको समयमा नेमकिपाका सांंसद प्रेम सुवालले भाग लिएपछि अर्थमन्त्री शर्माले जवाफ दिएका थिए । जवाफलगत्तै सभामुखले विधेयकलाई निर्णयार्थ प्रस्तुत गरे । बहुमत सांसदले विधेयकको पक्षमा स्वर दिएपछि सभामुखले विधेयक पारित भएको घोषणा गरे । विधेयक पारित भएपछि शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको छ । सांसदहरू रुक्मशमशेर जबरा र मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित भएको हो । अब अर्काे बैठक २०७८ असोज ४ गते बिहान ११ बजे बस्नेछ ।

नेपालपक्षीय अधिकांश सांसदको जोड– सरकारमा जानुपर्छ

काठमाडौं । नेकपा (एमाले)का नेता माधवकुमार नेपालनिकट सांसदहरुले वर्तमान सरकारमा सहभागी हुनुपर्नेमा जोड दिएका छन् । आज बुद्धनगरस्थित सहाना प्रधान स्मृति प्रतिष्ठानको भवनमा भएको छलफलमा उपस्थित अधिकांश सांसदले सरकारमा सहभागी हुनुपर्ने मत राखेका हुन् । आफ्नो भनाइ राखेर छलफलबाट बाहिरिएका सांसद मेटमणि चौधरीले आफूहरुको एकै स्वर रहेको बताए । “सबैजनाले सरकारमा सहभागी...

सत्तारूढ र प्रतिपक्षी सांसदको एकै स्वर : सीमा विवादको कूटनीतिक समाधान खोजौँ

काठमाडौं : सत्तारूढ तथा प्रतिपक्षी दलका सांसदले नेपाल-भारत सीमा विवादको कूटनीतिक माध्यमबाट समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन्।  राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले सीमा विवाद समाधान गर्न सरकारले चालेको कदम सकारात्मक भए पनि सरकारको प्रयासले मूर्तरूप लिन नकसकेको भन्दै थप गम्भीर भएर लाग्न सुझाव दिए। नेपाल कम्युनिस्ट पार्टी