पाकिस्तान, चीन, अफगानिस्तान जस्ता महत्त्वपूर्ण छिमेकीसँग तनावपूर्ण सम्बन्धको समयमा भारतको बंगलादेशसँग सौहार्दपूर्ण सम्बन्ध छ । यसलाई भारतका लागि ठूलो राहतको रुपमा हेरिन्छ । बंगलादेशमा शेख हसिना र भारतमा नरेन्द्र मोदीको सरकार बनेपछि दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनेको छ । प्रधानमन्त्रीका रुपमा शेख हसिना वाजेद र नरेन्द्र मोदीबीच सन् २०१५ यता १२ पटक भेटघाट हुनले पनि यसको संकेत गर्छ । टिष्टा नदीको पानी बाँडफाँडको विवाद र सीमा क्षेत्रमा भारतीय सुरक्षा बलद्वारा बंगलादेशी मारिएका दुई घटनालाई