बङ्गलादेशमा सरकारविरोध व्यापक प्रदर्शन भएको छ । प्रमुख विपक्षी दलका झण्डै एक लाख समर्थक प्रधानमन्त्री शेख हसिनाको सरकारविरुद्ध राजधानी ढाकामा उत्रिए । उनीहरुले प्रधानमन्त्रीको राजीनामा माग गर्नुका साथै नयाँ निर्वाचनको माग गरे । उनीहरूले ‘शेख हसिना भोट चोर हुन’ भन्ने नारा लगाएका थिए ।कार्यक्रममा सबै सात विपक्षी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का सांसदहरूले संसदबाट राजीनामाको घोषणा गरे, जसले व्यवस्थापिकालाई रबर स्ट्याम्प बनाउनेछ । हसिनाको पार्टीले पहिले नै दुई तिहाइ भन्दा बढी