काठमाडौं । भारतीय अर्बपति गौतम अडानी १३७.४ बिलियन डलर सम्पत्तिसहित विश्वकै तेस्रो धनी व्यक्ति बनेका छन् । उनले फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै तेस्रो स्थान हासिल गरेका हुन् । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सको शीर्ष तीनमा एसियाका धनाढ्यले प्रवेश गरेको यो पहिलोपटक हो । टेस्लाका संस्थापक एलन मस्क २५१ अर्ब डलर सम्पत्तिसहित सूचीको शीर्ष स्थानमा छन् । […]