गुल्मी – गुल्मीमा सञ्चालित सुरक्षित आप्रावासन कार्यक्रम (सामीले) गएकाे आठ महिनादेखि साउदीमा अलपत्र परेका रेसुङ्गा नगरपालिका ८ का जगतबहादुर सुनारको उद्धार गरेको छ ।
गएकाे साउन १५ गते जगतकी श्रीमती सुनिता सुनारले सदरमुकाम तम्घासमा रहेकाे सामी कार्यक्रमको कार्यालयमा गएर आफ्ना श्रीमान् साउदीमा अलपत्र परेको र उहाँलाई स्वदेश ल्याइदिन आग्रह गर्दै निवेदन दिनुभएको थियो ।
रोजगारीका लागि दुई वर्षको भिसामा साउदी गएका जगतले त्यहाँ रहँदा पूरै अवधिसम्म काम गर्नुभएको थियो । भिसा सकिएपछि कम्पनीले जगतलाई अर्को काममा लगाइ...