आसन्न प्रतिनिधिसभा निर्वाचनमा वामदेव गौतमले बर्दिया क्षेत्र नम्बर १ छाडेर प्युठानबाट उम्मेदवारी दिने चर्चा सुरु भएसँगै सत्तारुढ गठबन्धनलाई वामदेवको साबिकको क्षेत्रमा भागबण्डा मिलाउन केही सहज हुने देखिन्छ । यद्यपि, बर्दिया–१ मा २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका सञ्जयकुमार गौतमले वामदेवलाई पराजित गरेका थिए ।आसन्न निर्वाचनमा वामदेव सत्तारुढ गठबन्धनबाटै उम्मेदवार बन्ने निश्चित भइसकेको छ । उनले बर्दिया–१ नै रोजेको अवस्थामा सत्तारुढ गठबन्धनमा उम्मेदवार छनोटका लागि रस्साकस्सी नै पर्ने हु