५५ हजारलाई चैतभित्रै स्वच्छ खानेपानी

काभ्रेपलाञ्चोक । आउदो चैतभित्र काभ्रेपलाञ्चोकको तेमाल क्षेत्रका ५५ हजार स्थानीयलाई घरघरमा स्वच्छ खानेपानी पुर्‍याइने भएको छ । गत मंसिरमा खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिइए पनि कोरोना र प्राकृतिक प्रकोप खेप्नुपर्दा उपभोक्ताको घर–घरमा खानेपानी उपलब्ध गराउन नसकिएको हो ।      तेमाल बृहत् खानेपानी आयोजना कोरोनाको पहिलो र दोस्रो लहरका साथै गत साउनमा सुनकोशी नदीमा आएको बाढीले मुहान क्षेत्रमा क्षति पुर्‍याउँदा करिब एक वर्ष पछि धकेलिएको हो । उपभोक्ता समितिले अबको तीन महिनापछि घर–घरमा खानेपानी पुर्‍याउने गरी आयोजना मर्मतलगायत काम भइरहेको जनाएको छ । ‘आउँदो चैतभित्र खानेपानी उपलब्ध गराउने उद्देश्यसहित काम भइरहेको छ’, समितिका अध्यक्ष संग्रामजित लामाले भने । उनका अनुसार आयोजनाको काम करिब अन्तिम चरणमा पुगेको छ ।      आयोजनाको ९८ प्रतिशत काम सकिएको जनाइएको छ । हाल मुहानलाई थप सुरक्षित गरी पुरानै अवस्थामा फर्काएर पानी प्रशोधनको काम भइरहेको लामाले बताए । उनका अनुसार १२ ट्यांकीमा पानी परीक्षण भइसकेको छ भने थप ११ ट्यांकीमा परीक्षणको काम भइरहेको छ । साथै, प्रशोधन केन्द्रदेखि वितरण ट्यांकीसम्मको पाइपमा समेत पानी परीक्षण भइसकेको जनाइएको छ । लामाका अनुसार उक्त आयोजनाबाट तेमाल क्षेत्रका ५५ हजार स्थानीयलाई खानेपानी उपलब्ध हुनेछ । लिफ्टिङ प्रविधिबाट खानेपानी आयोजना सञ्चालन गरिनेछ । यसको मुहान सुनकोशी नदी किनारमा छ । यो वर्षको पहिलो बाढीले तेमाल खानेपानीको मुहान रहेको स्थान तेमाल गाउँपालिका–२ र ३ को सिमाना सुनकोशी नदी किनार चुखाबेंसीमा कटान सुरु गरेको थियो । गत साउन १७ र १९ गतेको बाढीले क्षति पुर्‍याएपछि आयोजनाको मुहान क्षेत्रमा निर्माण गरिएको लिफ्टिङ ट्यांकीको जोखिमलाई सुरक्षित गरिएको हो । ‘यो वर्षको अनपेक्षित बाढीले खानेपानीको मुहान क्षेत्रमा लाखौंको पुर्‍याएको थियो । हामीले मर्मत, पुन:निर्माण तथा सुरक्षित बनाउने सकेका छौं’, लामाले भने ।      उनका अनुसार बाढीले आयोजनाको ६०  लाखभन्दा बढी क्षति पुर्‍याएको थियो भने करोडौंका संरचनालाई जोखिम पुर्‍याएको थियो । तेमाल क्षेत्रका ९ हजार ३१० परिवारका करिब ५५ हजार नागरिकका लागि खानेपानी आयोजना सञ्चालन गरिएको हो । तेमाल क्षेत्रअन्तर्गत तेमाल गाउँपालकाको ९ वटा वडा, नमोबुद्ध नगरपालिकाको ३, ४ र ५ तथा रोशी गाउँपालिकाको ७ नम्बर वडाका बासिन्दाले उक्त खानेपानी उपभोग गर्न पाउने भएका हुन् । आयोजनाको काम सकेसम्म छिटो सक्ने गरी कामलाई तीव्रता दिइएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुरका प्रमुख राजेन्द्र श्रेष्ठले बताए । उनले भने, ‘आउँदो चैतभित्र घरघरमा खानेपानी पुर्‍याउन खटिइरहेका छौं ।’ ०७२ असारमा सम्झौता भएको आयोजनाको काम गत वर्ष मंसिरमा सक्ने लक्ष्य राखिए पनि कोरोना महामारीका कारण कामको निरन्तरता नहुँदा तथा बाढीले संरचनामा क्षति पुर्‍याउँदा केही धकेलिएको हो । लामाका अनुसार हाल खानेपानी वितरणको पाइपलाइन बिछ्याइने काम अन्तिम चरणमा पुगेको छ । याङ्बेल डाँडामा ४ लाख लिटर क्षमताका दुई मुख्य ट्यांकी निर्माण गरिएको छ । खानेपानी विभागमार्फत १  अर्ब २७ करोड, गाउँपालिकाको १ प्रतिशत र स्थानीय उपभोक्ताले ९  प्रतिशत जनश्रमदानमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा सुनकोशी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइने संरचना बनिसकेका छन् । रासस

सम्बन्धित सामग्री

सुर्किमारेमा घरघरै स्वच्छ खानेपानी

त्रिवेणी (रुकुमपश्चिम), ६ चैत । केही वर्षअघिसम्म घण्टौँ हिँडेर पानीको जोहो गर्नुपर्ने बाध्यता रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१२ सुर्किमारेका स्थानीयलाई थियो । उच्च भूभागमा घर भएकाले पनि पानीको मुहान भेट्टाउन हिँडेर दुई घण्टा समय लाग्ने गथ्र्यो । अहिले भने सुर्किमारे सौर्य खानेपानी योजनाअन्तर्गत घर आँगनमै स्वच्छ खानेपानी पुग्दा खुसी लागेको स्थानीय भीमबहादुर ओलीले बताए । ‘‘पहिले […]

स्वच्छ खानेपानी सबै जनताको पहुँचमा पुर्‍याउनुपर्छ : मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले स्वच्छ खानेपानी सबै जनताको पहुँचमा पुर्‍याउनुपर्ने राज्यको दायित्व भएको बताउनुभएको छ । मंगलवार खानेपानी सरसफाई तथा स्वच्छता संयुक्त क्षेत्रगत समीक्षा राष्ट्रिय सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्वच्छ खानेपानी तथा सरसफाई हाँसिल गर्ने यात्रामा चुनौति र अवसरहरु खोजी गर्दै प्रगति र समतामुलक […]

कठारमा स्वच्छ खानेपानी पुर्‍याउँदै खैरहनी नगरपालिका

चितवन– खैरहनी नगरपालिकाले यस आर्थिक वर्षभित्र सम्पूर्ण नगरवासीलाई स्वच्छ खानेपानी पुर्‍याउने भएको छ । हाल पूर्ण रुपमा खानेपानीको पहुँच नपुगेको कठारमा खानेपानी पुराएसँगै सबै नगरवासीका लागि स्वच्छ खानेपानी पुग्नेछ । खैरहनी नगरपालिकाका प्रमुख शशि खनियाँका अनुसार साबिक कठार गाविस अहिलेको खैरहनी नगरपालिका–१० र ११ पर्दछ । त्यहाँ रहेका दुई हजार पाँच सय घरधुरीमध्ये पाँच सय […]

सन् २०३० सम्म ९० प्रतिशत जनसङ्ख्यामा स्वच्छ खानेपानी सुविधा पुग्छ : मन्त्री यादव

काडमाडौँ : खानेपानीमन्त्री महिन्द्र राय यादवले सन् २०३० सम्ममा ९० प्रतिशत जनसङ्ख्यामा स्वच्छ खानेपानी सुविधा पुर्याउने गरी योजना तथा कार्यक्रम तय गरिएको बताए । विनियोजन विधेयक, २०८० अन्तर्गत खानेपानी मन्त्रालयको बजेटमाथि प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री यादवले यस्तो बताए । हाल करिब ९५ प्रतिशत जनसङ्ख्यालाई आधारभूत स्तरको खानेपानी तथा करिब २५ प्रतिशत जनसङ्ख्यालाई स्वच्छ […]

सन् २०३० सम्म ९० प्रतिशत जनसङ्ख्यामा स्वच्छ खानेपानी सुविधा पुग्छ : मन्त्री यादव

काठमाडौं,११ असार ।  खानेपानीमन्त्री महिन्द्र राय यादवले सन् २०३० सम्ममा ९० प्रतिशत जनसङ्ख्यामा स्वच्छ खानेपानी सुविधा पुर्याउने गरी योजना तथा कार्यक्रम तय गरिएको बताएका छन् । विनियोजन विधेयक, २०८० अन्तर्गत खानेपानी मन्त्रालयको बजेटमाथि प्रतिनिधिसभामा उठेका  प्रश्नको जवाफ दिँदै मन्त्री यादवले यस्तो बताएका हुन्। हाल करिब ९५ प्रतिशत जनसङ्ख्यालाई आधारभूत स्तरको खानेपानी तथा करिब २५ प्रतिशत […]

जनतालाई स्वच्छ खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री खान

काठमाडौं, ४ चैत्र । खानेपानी मन्त्री अब्दुल खानले जनतालाई स्वच्छ खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध भएर काम गरिरहेको बताएका छन्। जनमत पार्टी नेपालगञ्ज उपमहानगर कमिटीले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री खानले नागरिकले स्वच्छ खानेपानी पिउन पाउने अधिकार संविधानमै व्यवस्था भएकाले यसतर्फ सचेत हुँदै मन्त्रालयले अनवरतरूपमा काम गरिरहेको दाबी गरे। ‘स्वच्छ पानी पिउन पाउनु […]

तेमाल क्षेत्रका ५५ हजार बासिन्दालाई स्वच्छ खानेपानी घरघरमा पुर्‍याइने

काभ्रेपलाञ्चोक– आउँदो चैत महिनाभित्र जिल्लाको तेमाल क्षेत्रका ५५ हजार बासिन्दालाई स्वच्छ खानेपानी घरघरमा पुर्‍याइने भएको छ । गत साल मङ्सिरमै खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिए पनि कोभिड र प्राकृतिक प्रकोपका कारण उपभोक्ताको घरघरमा खानेपानी उपलब्ध गराउन सकिएको थिएन ।    कोरोनाको पहिलो र दोस्रो लहरका कारण  तेमाल बृहत् खानेपानी आयोजनामा असर पुग्नका साथै गत साउनमा […]

सरुवा रोग नियन्त्रण गर्न स्वच्छ खानेपानी आवश्यक

खानेपानीमन्त्री उमाकान्त चौधरीले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारीसहित अन्य प्रकारका रोगको रोकथाम गर्न खानेपानी, सरसफाइ तथा स्वच्छताको महत्व बढ्दै गएको बताएका छन् ।संयुक्त राष्ट्र संघअन्तर्गतको ‘स्यानिटेसन एण्ड वाटर फर अल’द्वारा इन्डोनेसियाको राजधानी जकार्तामा जेठ ४ र ५ गते आयोजना भएको मन्त्रीस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व गर्दै गएका मन्त्री चौधरीले कार्यक्रमको पूर्णसत्रमा नेपालको संविधानअनुसार स्वच्छ खानेपानी […]

तेमाल क्षेत्रका पचपन्न हजारलाई चैतभित्र घरमै स्वच्छ खानेपानी

आउँदो चैत महिनाभित्र काभ्रेपलाञ्चोकको तेमाल क्षेत्रका ५५ हजार स्थानीयवासीलाई घरघरमा स्वच्छ खानेपानी पुर्याइने भएको छ । गत मङ्सिरमा खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिइए पनि कोरोना र प्राकृतिक प्रकोप खेप्नुपर्दा उपभोक्ताको घर–घरमा खानेपानी उपलब्ध गराउन नसकिएको हो । तेमाल वृहत खानेपानी आयोजना कोरोनाको पहिलो र दोस्रो लहरका साथै गत साउनमा सुनकोशी नदीमा आएको बाढीले मुहान क्षेत्रमा क्षति पुर्याउँदा करिब एक वर्ष पछि धकेलिएको हो । उपभोक्ता समितिले अबको तीन महिनापछि घर–घरमा खानेपा

प्रदेशवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराइनेछ : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । तनहुँको म्याग्दे गाउँपालिका–३ स्थित कोइरालाथोक तिलाहारे खानेपानी तथा सरसफाइ आयोजनाको बिहीवार उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले खानेपानीको सुविधाबाट वञ्चित रहेका गाउँ बस्तीमा खानेपानी सुविधा पुर्‍याइने बताए । हालसम्म गण्डकी प्रदेशका ९४ प्रतिशत नागरिकले आधारभूत खानेपानी सुविधा प्राप्त गरिसकेको बताउँदै मुख्यमन्त्री पोखरेलले बाँकी रहेका घरधूरीमा पनि चाँडै खानेपानी पुग्ने बताए । &ls...