नेपाली कांग्रेसको वर्तमान केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले १४ औं महाधिवेशनमा पेस हुने राजनीतिक र आर्थिक प्रतिवेदन पारित गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले राजनीतिक र आर्थिक प्रतिवेदन पारित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।