एकीकृत समाजवादीमा १० सांसद खुलेसँगै मुख्यमन्त्री आचार्य संकटमा

सो समय भित्रमा पार्टी छनोट गर्नुपर्ने भएकाले पनि यतिबेला माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले सकेसम्म धेरे जनालाई आफ्नो पक्षमा ल्याउन कसरत गरिरहेको छ । यस्तै संस्थापन पक्ष भने प्रदेश सांसद तथा स्थानीय तहका प्रतिनिधिलाई रोक्न जोडबल लगाइरहेको छ ।

सम्बन्धित सामग्री

६७ दिनमा ढल्यो आचार्यको सरकार

विराटनगर । मुख्यमन्त्री पदकै लागि माधव नेपाल पक्षलाई छाडेर केपी ओली खेमामा गएर मुख्यमन्त्री बनेका भीम आचार्यको सरकार ६७ दिनमा ढलेको छ । एमाले विभाजन हुँदा १० जना एमाले छाडेर माधव नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेपछि आचार्य शपथ ग्रहण गर्दा नै अल्पमतमा थिए । एमाले विभाजन भएपछि भदौ १० गते आचार्यले शपथ ग्रहण गरेका थिए । तर दल विभाजन भएको ३० दिनभित्र आफूसँग बहुमत छ भन्ने देखाउन विश्वासको मत लिनुपर्नेमा उनले त्यसो नगरी संवैधानिक प्रावधान छल्दै आफू अनुकूल व्याख्या गरेर ६७ दिनसम्म सरकार टिकाएका थिए । उनले सोमवार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई राजीनामा बुझाएका छन् । उनले प्रदेश सभालाई सम्बोधन गर्दै बहुमत नरहेकाले आफूले पदबाट राजीनामा दिने घोषणा गरेका थिए । प्रदेश प्रमुखसमक्ष राजीनामा दिएपछि विपक्षीहरूको गठबन्धनबाट एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्ने निश्चित भएको छ । एमाले विभाजित भएपछि भदौ १० गते उनी मुख्यमन्त्री बनेका थिए । पार्टी विभाजन भएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । तर सवैधानिक व्यवस्थालाई समेत छल्दै आचार्यले ६७ दिनसम्म विभिन्न असंवैधानिक नियुक्ति गर्दै आफ्नो पद जोगाएका थिए । प्रदेश नं १ को प्रदेशसभामा ९२ जना सांसद छन् । बहुमतका लागि ४७ मत आवश्यक पर्थ्यो । तर आचार्यसँग ३९ मत मात्र थियो । एमालेका ४१ सांसद रहे पनि सभामुखले निर्णायक मत मात्र दिन पाउने र एक सांसद फरार रहेकाले एमालेको ३९ मत मात्र थियो । विपक्षी गठनबन्धनमा भने स्पष्ट ५० मत छ, जसमा नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन् । राप्रपाका १ सांसद भने अहिले तटस्थ देखिएका छन् ।

मुख्यमन्त्री भीम आचार्यले राजीनामा नदिने, संसदको सामना गर्ने

विराटनगर, १६ भदौ । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले संसदमा सामना गर्ने बताएका छन् ।  बुधबार नेकपा एमालेबाट बिद्रोह गरेर बनेको नेकपा एकीकृत समाजवादीमा १० जना सांसद खुलेसँगै आचार्य अल्पमतमा परेका हुन् । अल्पमतमा परेका आचार्यले राजीनामा नदिई विश्वासको मत लिनेसमेत बताएका छन् । आफ्नो सरकार जनताको काम गर्न बनेकाले जनताको काम गर्छौ भनेर आएका […]

राजीनामा दिन्नँ, विश्वासको मत लिन्छु : मुख्यमन्त्री भीम आचार्य (भिडियोसहित)

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशसभाबाट विश्वासको मत लिने बताएका छन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने एमालेका १० सांसद नेकपा एकीकृत समाजवादीमा सामेल भएसँगै प्रदेश सरकार अल्पमतमा परेको सन्दर्भमा उनले तत्काल राजीनामा नदिने प्रस्ट पारे ।मुख्यमन्त्री आचार्यले आफू अल्पमतमा परे पनि संवैधानिक प्रावधान अनुसार अघि बढ्ने बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘संविधान अनुसार म मुख्यमन्त्री भएको हो, संविधानमा एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । जसअनुसार म विश्वासको मत

प्रदेश सरकार गिराउने कसरत सुरु

नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा प्रदेश १ का सांसद राजेन्द्रकुमार राईले नवनियुक्त मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकारले भदौ महिना काट्न नसक्ने बताएका छन् । विराटनगरमा आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै राईले यही महिनाभित्र गठबन्धनको सरकार बन्ने बताए । ‘प्रदेश १ का १०  सांसद एकीकृत समाजवादीमा संगठित भएका छौं,’ उनले भने, ‘प्रदेश सांसदको संख्या १५ पुर्‍याउँछौं ।’

प्रदेश सरकार गिराउने कसरत सुरु

नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा प्रदेश १ का सांसद राजेन्द्रकुमार राईले नवनियुक्त मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकारले भदौ महिना काट्न नसक्ने बताएका छन् । विराटनगरमा आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै राईले यही महिनाभित्र गठबन्धनको सरकार बन्ने बताए । ‘प्रदेश १ का १०  सांसद एकीकृत समाजवादीमा संगठित भएका छौं,’ उनले भने, ‘प्रदेश सांसदको संख्या १५ पुर्‍याउँछौं ।’