प्रदेश १ मा एमालेका १० सांसद एकीकृत समाजवादीमा, मुख्यमन्त्री आचार्य एक हप्तामै अल्पमतमा

काठमाण्डाै – प्रदेश नम्बर १ मा नेकपा एमालेका १० जना सांसदले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । एमाले छाडेर एकीकृत समाजवादी पार्टीको नाममा सनाखत गर्न १० जना अहिले प्रादेशिक निर्वाचन कार्यालय विराटनगर पुगेका छन् । ९३ सदस्यीय प्रदेश सभा रहेको प्रदेश १ मा एमालेका ५१ जना सांसद थिए । तर आज १० जनाले एमाले छाडेर समाजवादी रोजेपछि एक हप्ताअघि मात्रै मुख्यमन्त्रीमा बन्नुभएका भीम आचार्य अल्पमतमा पर्नुभएको छ । मुख्यमन्त्री बन्न ४७ सांसद चाहिनेमा एमालेसँग अब ४१ जनामात्रै सांसद रहेका छन् । यसअघि हिजो मङ्गलवार वाग्मती...

सम्बन्धित सामग्री

प्रदेश १ को अधिवेशन आजदेखि सुरु

काठमाडौं । प्रदेश १ संसदको अधिवेशन आजबाट सुरु हुँदै छ । यही अधिवेशनमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिनुहुनेछ । नेकपा एमाले विभाजित भएपछि गत भदौ १० गते मुख्यमन्त्री नियुक्त हुनुभएका भीम आचार्य अल्पमतमा पर्नुभएको छ । एमालेका ५१ सांसदहरुमध्ये १० जनाले माधव नेपाल नेतृत्वको एकिकृत समाजवादी रोजेपछि आचार्यको पक्षमा ४१ सांसद मात्रै देखिएको छ […]

राजीनामा दिन्नँ, विश्वासको मत लिन्छु : मुख्यमन्त्री भीम आचार्य (भिडियोसहित)

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशसभाबाट विश्वासको मत लिने बताएका छन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने एमालेका १० सांसद नेकपा एकीकृत समाजवादीमा सामेल भएसँगै प्रदेश सरकार अल्पमतमा परेको सन्दर्भमा उनले तत्काल राजीनामा नदिने प्रस्ट पारे ।मुख्यमन्त्री आचार्यले आफू अल्पमतमा परे पनि संवैधानिक प्रावधान अनुसार अघि बढ्ने बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘संविधान अनुसार म मुख्यमन्त्री भएको हो, संविधानमा एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । जसअनुसार म विश्वासको मत

बन्न नपाउँदै ढल्ने अवस्थामा पुग्यो प्रदेश १ सरकार

प्रदेश १ सरकारले पूर्णता नपाउँदै बहुमत गुनामाउने अवस्था देखिएको छ । बहुमत प्राप्त दल एमाले विभाजनको असर प्रदेशसभामा पनि प्रष्ट देखा परेपछि सरकारले बहुमत कायम राख्न नसक्ने अवस्था देखिएको खबर गोरखापत्रमा छापिएको छ । प्रदेश १ को ९३ सदस्यीय प्रदेशसभामा एमालेसँग ५१ सांसद छन् । सरकार गठन गर्न आवश्यक ४७ भन्दा बढी सांसद भएको पार्टी विभाजन पछि एकीकृत समाजवादीतर्फ १० सांसद खुल्दा मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकार बन्न नपाउँदै धरापमा परेको हो ।

प्रदेश १ मा भीम आचार्य र राजेन्द्र राई सांसद तानातानमा, कस्को कति

विराटनगर, १२ भदौ । नेकपा एमाले विभाजन भएपछि प्रदेश १ को सत्ता राजनीतिक रोचक मोडमा पुगेको छ । एमालेमै रहने निर्णय लिएका सचिव भीम आचार्य मुख्यमन्त्री बनाइएका छन् । शेरधन राईले राजीनामा दिएर उनका लागि मार्ग खोलिदिएका हुन् । विगतमा राईसँगै एमाले संसदीय दलको नेतामा २ मतले पराजित भएर आचार्य मुख्यमन्त्री बन्न रोकिएका थिए । […]

प्रदेश १ का मुख्यमन्त्री आचार्यद्वारा मन्त्रिपरिषद् विस्तार

प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले लछुमन  तिवारीलाई पर्यटन, उद्योग पर्यटन  र बलबहादुर साम्सुहाङलाई  सामाजिक विकास मन्त्री बनाएका हुन् । नवनियुक्त मन्त्रीहरुले शुक्रबार नै शपथग्रहण सम्पन्न भएको छ । एमाले सांसद राजकुमार ओझाले आज तीन जना मन्त्री बनाउने विषयमा छलफल भएपनि दुई जनाको नाम टुंगो लगाएर शपथ भएको बताए । एमाले विभाजित भएपछिको विकसित परिस्थितिका कारण बिहीबार आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त

न्युज अफ नेपाल, काठमाडौं । एमाले सचिव भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका छन् । आचार्यले आजै पद तथा गोपनियताको शपथ लिएका हुन । प्रदेशसभामा एमालेका बहुमत (५२ सांसद) भएकाले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ (१) अनुसार आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री नियुक्त भएसँगै आचार्यले आफ्नै पार्टीको बहुमत […]

प्रदेश-१ को संसदीय दलको नेतामा भीम आचार्य चयन, आजै मुख्यमन्त्रीकाे शपथ लिने

काठमाण्डाै - नेकपा एमाले प्रदेश-१ को संसदीय दलको नेतामा भीम आचार्य चयन हुनु भएको छ । मुख्यमन्त्री शेरधन राईको राजीनामा पछि आचार्यलाई दलको नेतामा सर्वसम्मत चयन गरिएको हो । आजै आचार्यलाई नयाँ मुख्यमन्त्री बनाउने एमालेको तयारी छ । यसअघि शेरधन राईसँग २ मत अन्तरले पराजित भएका आचार्यलाई राईकै समर्थनमा पुन : संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । प्रदेश-१ मा एमालेका ५१ जना सांसद छन् । प्रदेश सभामा मुख्यमन्त्री बन्न ४७ जना सांसद आवश्यक पर्छ । कांग्रेसका २१, माओवादीका १५, जसपाका ३, राप्रपा र सङ्घीय लोकतान्त्र...

मुख्यमन्त्री बन्ने भएपछि माधव नेपाल पक्षका सांसद फकाउँदै भीम आचार्य

प्रदेश नम्बर १ को मुख्यमन्त्री बन्ने तयारीमा रहेका भीम आचार्य माधव नेपाल पक्षका सांसदहरूलाई फकाउन लागि परेका छन् । नेपालको साथ छाडेर एमालेमै बसेका आचार्यले नवगठित नेकपा (एकीकृत समाजवादी)को पक्षमा खुल्न सक्ने सांसदहरूलाई एमालेमै राख्न प्रयास गरिरहेका हुन् । एमालेले आजै आचार्यलाई संसदीय दलको नेता चयन गरेर मुख्यमन्त्री बनाउने तयारी गरेको छ । प्रदेश १ मा बहुमतका लागि ४६ सांसद आवश्यक पर्छ । एमाले एक्लैको ५१ सांसद भए पनि एक सभामुख र एक निलम्बित सांसदको मत घटाउँदा ४९ मत छ । यस्तो अवस्थामा ३ भन्दा बढी सांसदले एकीकृत...