नेपालको विकास उच्च प्राथमिकतामा : चीन

चारदिने नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्। दुवै भेटमा उनले नेपालसँगको सम्बन्धलाई चीनले उच्च प्राथमिकतामा राखेको जनाउँदै नेपालको विकासमा सघाउन चीन तयार रहेको सन्देश दिएका छन्।

सम्बन्धित सामग्री

रेल सञ्चालनमा विलम्ब

नेपालको विकास निर्माणका कामको बेथितिको नमुना मानिने रेल खरीद र सञ्चालनको विषय अझै सही बाटोमा हिँड्न कठिन देखिन्छ । विनातयारी उद्घाटनको लोभ गर्दा मुलुकले आर्थिक क्षतिमात्र बेहोर्नु परेन, रेल सञ्चालन गर्न नसक्ने भनेर अन्तरराष्ट्रिय बेइज्जतीसमेत कमाएको छ । यस्तोमा सरकारले रेलवे अध्यादेश जारी गरेर यसको गाँठा फुकाउने प्रयास त गरेको छ । तर, त्यो फलदायी हुने सम्भावना कमै छ । अर्बभन्दा बढीको लगानी खेर जाँदा पनि कुनै उत्तरदायित्व लिनुनपर्ने गैरजिम्मेवारीको पराकाष्ठाको नमूना सरकारले देखाइरहेको छ । हतारमा रेल किन्न लगाउने अनि कानून र आवश्यक बजेट नदिने सरकार यसमा पूर्ण दोषी छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रेलवे सञ्चालनका लागि आधारभूत संरचना नै तयार नगरी हतारमा रेल किन्न लगाएका थिए । झन्डै १ अर्ब लगानी गरेर भित्रिएको दुई डब्बा रेल सञ्चालनमा आउन नसक्दा खिया लागेर पार्टपुर्जा बिग्रने अवस्थामा पुग्न थालेको देखिन्छ । रेल निर्माता कम्पनी कोंकणले नेपालले सम्झौताअनुसार काम नगरेकाले सम्झौता नै तोड्ने धम्की दिएको समाचारसमेत आएको छ । त्रिपालले ढाकेर रेल राखिए पनि अहिले त्रिपाल धुजाधुजा भइसकेको छ । कानूनको अभावका भाडादर तय गर्न तथा अन्य व्यवस्थापनका कुरा मिलाउन सकिएको थिएन । साथै, रेल चलाउन सक्ने दक्ष जनशक्तिको अभाव भए पनि त्यसका लागि हालसम्म ठोस प्रक्रिया अघि बढेको छैन । कोंकणले नै २६ जना जनशक्ति पठाउने र उसकै व्यवस्थापनमा रेल सञ्चालन गर्ने सम्झौता भए पनि त्यसका लागि अर्थ मन्त्रालयले बजेट निकासा नगर्दा समस्या यथावत् रहेको देखिन्छ । अझै पनि अर्थले बजेट निकासा गरेको छैन र यसका लागि कति समय लाग्छ भन्ने पनि स्पष्ट छैन । रेल सञ्चालनका लागि भौतिक पूर्वाधार तयार भएर पनि व्यवस्थापकीय क्षमताको अभावबै कारण रेल थन्क्याएर राख्दा मुलुकले क्षति बेहोरेको छ । करदाताको पैसा खर्च गरेर ल्याइएको रेल थन्क्याएर राख्नु भनेको एक प्रकारणको भ्रष्टाचार नै हो । तर, अर्बभन्दा बढीको लगानी खेर जाँदा पनि कुनै उत्तरदायित्व लिनुनपर्ने गैरजिम्मेवारीको पराकाष्ठाको नमूना सरकारले देखाइरहेको छ । हतारमा रेल किन्न लगाउने अनि कानून र आवश्यक बजेट नदिने सरकार यसमा पूर्ण दोषी छ । अहिले आएको अध्यादेशका कारण कानूनी अड्चन हटेको छ । अध्यादेश पहिला पनि आएको हो, संसद्ले पारित नगरेकाले खारेज भएको थियो । विडम्बना त के छ भने जुन दलको सरकारले अध्यादेश ल्याएको थियो त्यही दलले संसद्मा अवरोध गरेर आफूले ल्याएको अध्यादेश असफल गरायो । रेल खरीदमा हतार गर्नुका पछाडि एकातिर सस्तो लोकप्रियता कमाउनु थियो भने अर्को त्यसमा आउने कमिशन पनि कारण हो भनिन्छ । अहिले आएको अध्यादेश पनि ६ महीनाभित्र संसद्बाट पारित नभए स्वतः खारेज हुनेछ । त्यसैले यो अध्यादेश काम चलाउ मात्रै हो । त्यसैले रेलवे सन्चालन भइहाल्छ भनेर पत्याउन सक्ने अवस्था छैन । रेलवे विभागले रेल सञ्चालनको मिति पटकपटक सारेको अवस्थामा मिति नै तय नभएको सञ्चालनको विषय पत्याउन सहज छैन । जम्मा ३४ किलोमिटरको रेलवे सञ्चालन गर्ने तयारी हो । कुर्था जयनगर सञ्चालन हुने रेललाई बर्दिवास ल्याउने योजना छ । त्यस्तै रेलवे सञ्चालनका अन्य आयोजनाहरू पनि छन् । यसमा भारतले बनाइदिने रेलवेको प्रस्ताव अघि बढेको छ । नेपालले चीनसँग पनि रेलबाट जोडिन प्रयास गरेको छ । चीनसँग सम्भाव्यता अध्ययनका लागि सम्झौता पनि भएको छ । तर, सहयोगमा बनेको रेलवे ट्र्याकमा रेल ल्याएर चलाउन पनि नसक्ने सरकारलाई चीन वा भारतले रेल सहयोग गर्न हिचकिचाउनु अस्वाभाविक होइन । त्यसैले नेपालले उच्च प्राथमिकतामा राखेकाले उनीहरूले नाइँनास्ती त भनेका छैनन् । तर, आयोजनाहरूको विस्तृत अध्ययनमै ढिलाइ र अरुचि देखाउनुले उनीहरू नेपालप्रति विश्वस्त हुन नसकेको अर्थ निकाल्न सकिन्छ । रेल चलाउन सके यसमा लम्बाइको बिस्तारको ढोका खोल्छ, थप रेल सञ्चालनका आत्मविश्वास पनि बढ्छ । त्यसैले यथाशीघ्र यो रेल सञ्चालन गर्न शुरू गर्ने आवश्यक देखिन्छ ।

ओलीसँग चिनियाँ राष्ट्रपतिले भने : चिनियाँ रेल छिट्टै काठमाडौं पुग्छ

६ असार, बेइजिङ । राष्ट्रपति सी जिनपिङले चिनियाँ रेल छिट्टै काठमाडौं पुग्ने विश्वास व्यक्त गरेका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार भएको भेटमा राष्ट्रपति सीले नेपालको विकास यात्रामा साझेदार बन्न चीन तयार रहेको बताएका हुन् । पूर्वाधार विकास नेपालको प्राथमिकतामा रहेको भन्दै प्रधानमन्त्री ओलीले रेल्वे र उत्तर …

चिनियाँ रेल छिट्टै काठमाडौं पुग्ने राष्ट्रपति सीको विश्वास

६ असार, बेइजिङ । राष्ट्रपति सी जिनपिङले चिनियाँ रेल छिट्टै काठमाडौं पुग्ने विश्वास व्यक्त गरेका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार भएको भेटमा राष्ट्रपति सीले नेपालको विकास यात्रामा साझेदार बन्न चीन तयार रहेको बताएका हुन् । पूर्वाधार विकास नेपालको प्राथमिकतामा रहेको भन्दै प्रधानमन्त्री ओलीले रेल्वे र उत्तर …