गभर्नरलाई काम गर्न दिनू : सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई काम गर्न दिन सरकारको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । अधिकारीले सर्वोच्चमा दर्ता गरेको रिट निवेदनमा मंगलवार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलाशले सरकारको निर्णय कार्यान्वयन नगर्न तथा गभर्नरलाई काम गर्न दिन अल्पकालीन आदेश दिएको हो । आदेशमा ‘चैत २४ गते सरकारले गरेको निर्णय र २५ गते अर्थ मन्त्रालयले पठाएको पत्र तत्काल कार्यान्वयन नगर्नू र पदीय जिम्मेवारी पूरा गर्न दिनू’ भनिएको छ । सर्वोच्चले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्नुका साथै अन्तरिम आदेश जारी गर्ने/नगर्ने विषयमा छलफल गर्न वैशाख १३ गतेको पेशी तोकेको छ । उक्त समयसम्म गभर्नरमाथि शुरू भएको छानविन र निलम्बन कार्यान्वयन नगर्न अदालतले आदेश दिएको हो । ‘निवेदनमा उठाइएका विषय नेपाल राष्ट्र बैंक, मौद्रिक नीति तथा समग्र अर्थतन्त्रको स्थायित्वसँग गाँसिएको देखिँदा यस विषयमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने सम्बन्धमा दुवै पक्षलाई झिकाई छलफल गरी निर्णयमा पुग्नुपर्ने देखिएकाले उक्त प्रयोजनका लागि वैशाख १३ गतेको पेशी तोकी दुवै पक्षलाई जानकारी दिनू’ आदेशमा उल्लेख गरिएको छ । अदालतको आदेशसँगै गभर्नर अधिकारीमाथिको छानविन रोकिएको छ । सर्वोच्चको आदेशबाट निलम्बन स्वत: फुकुवा भएपछि अदालतबाट अर्को आदेश नहुँदासम्म गभर्नरले काम गर्न पाउनेछन् । दुवै पक्षसँगको छलफलपछि अदालतले अन्तरिम आदेश दिने/नदिने विषयमा निर्णय गर्ने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए । गभर्नरको पक्षबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलगायत १३ जना वकिलले बहस गरेका थिए । सरकारको निर्णयविरुद्ध गभर्नर अधिकारीले आइतवार सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए । उनले सरकारले विनाआधार छानविन शुरू गरेको भन्दै अन्तरिम आदेशसहित सरकारको निर्णय खारेज गर्न रिट निवेदनमा माग गरेका छन् । मन्त्रिपरिषद्को बैठकले गत चैत २४ गते गभर्नरमाथि छानविन गर्न पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा डा. सूर्य थापा र डा. चन्द्रकान्त पौडेल सदस्य रहेको समिति गठन गरेसँगै अधिकारी स्वत: निलम्बनमा परेका हुन् । गभर्नरमाथि सरकारलाई असहयोग गरेको, महत्त्वपूर्ण आर्थिक सूचना सञ्चारमाध्यमबाट सार्वजनिक गरेको र देशको आर्थिक अवस्था सुधार्न काम नगरेको लगायत आरोप लगाइएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा गभर्नर ऐनले तोकेअनुसार सञ्चालक हुन अयोग्य भएमा, बैंकको उद्देश्यअनुसार काम गर्ने क्षमता नभएमा, बैंकिङ तथा वित्तीय व्यवस्थामा हानिनोक्सानी पुग्ने कार्य गरेमा, बेइमानी वा बदनियत गरेको देखिएमा, खराब आचरणका कारण पेशा वा व्यवसाय गर्न अयोग्य ठहर्‍याई प्रमाणपत्र खोसिए वा व्यवसाय गर्न रोक लगाइएमा र लगातार तीनपटकभन्दा बढी सञ्चालक समिति बैठकमा अनुपस्थित भएको खण्डमा जाँचबुझ समितिको सिफारिशका आधारमा गभर्नरलाई पदमुक्त गर्न सकिने प्रावधान छ । तर, सरकारले पर्याप्त आधारविना नै गभर्नरलाई पदमुक्त गर्न छानविन अघि बढाएको भन्दै आलोचना भइरहेको छ । यसअघि पनि गभर्नरहरू कल्याणविक्रम अधिकारी, तिलकबहादुर रावल र विजयनाथ भट्टराई विभिन्न आरोपमा निलम्बनमा परेका थिए । उनीहरू सर्वोच्च अदालतको आदेशबाट पुनर्बहाली भएका थिए । आजबाटै काममा : गभर्नर यसैबीच, गभर्नर अधिकारीले बुधवार (आज) देखि राष्ट्र बैंकको नियमित काममा फर्किने प्रतिक्रिया दिएका छन् । ‘मैले जे माग गरेर रिट निवेदन दायर गरेको थिएँ, सम्मानित अदालतले सोही अनुसार आदेश दिएको छ,’ गभर्नर अधिकारीले भने, ‘भोलिबाटै नियमित काममा फर्किन्छु ।’

सम्बन्धित सामग्री

जबराको सर्वोच्च फर्कने प्रयासबारे वकिलहरुका आआफ्नै तर्क

संसद् सचिवालयबाट निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निलम्बन फुकुवा भएको र उहाँले नियमित काम गर्न पाउने भन्ने व्यहोराको पत्र सर्वोच्च अदालतको मूल दर्ता शाखामा दर्ता भएपछि बुधवार राजनीति एकाएक तरंगित भयो । जबरा सर्वोच्च फर्कने तयारीमा रहेको थाहा पाएपछि कानुन व्यावसायीहरुले सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिए । सर्वोच्च परिसरमा बार एसोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरे, अधिवक्ता ओम अर्याल तथा अधिवक्ता भूमिनन्द चुडालले आफ्ना तर्क प्रस्तुत गरे । यो संसदमथिको मजाक हो  गोपालकृष्ण घिमिरे अध्यक्ष, नेपाल बार एसोसिएशन...

‘चोलेन्द्र सर्वोच्च फर्कन मिल्दैन’

काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएशनका कोषाध्यक्ष अधिवक्ता विनोद कार्कीले निलम्बनमा रहेका प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरा सर्वोच्च फर्कन नमिल्ने बताएका छन्। सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अधिवक्ता कार्कीले यस्तो बताएका हुन्। सर्वोच्चको आधिकारिक काम गर्ने अधिकार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीमा रहेकाले निलम्बित जबरा सर्वोच्च फर्कन नमिल्ने उनको भनाइ छ। राष्ट्रिय झण्डा र गार्ड कामु […]

सर्वोच्चमा अब शुक्रबार पनि पुरै दिन काम हुने

काठमाडौँ – सर्वोच्च अदालतले शुक्रबारको आधामात्रै काम गर्ने परिपाटीलाई अन्त्य गरेको छ। शुक्रबार तीन बजेसम्म काम गर्ने औपचारिक समयलाई अब अरू दिनजस्तै पुरै समय मुद्दाको सुनुवाइ हुने भएको हो। सर्वोच्च प्रशासनले बिहीबार सूचना जारी गर्दै शुक्रबार (साउन २० गते)देखि पुरै समय काम गर्ने जानकारी दिएको हो। गत असार २२ गतेको फुलकोर्ट बैठकले शुक्रबार पनि पुरै […]

सर्वोच्च अदालतको जग खन्दा साढे ६ करोडको फर्जी काम

निर्माणको क्षेत्रमा नयाँ र आधुनिक उपकरण प्रयोग भइरहेको अवस्थामा सर्वोच्च अदालतमा "ज्यामीले गैंतीबेल्चा बोकेर जग खन्ने" भनी स्टिमेट गरेर ठेक्का महँगो बनाइयो । पछि ठेकेदारहरुले उपकरण प्रयोग गरेर जग खने र फर्जी काम गरेर ६ करोड ७१ लाख रुपैयाँ कुम्ल्याए ।

सर्वोच्च अदालतले हरेक दिन हरेक इजलासमा ३२ वटा मुद्दा फर्स्योट गर्ने

यस्तै निवेदन तहका मुद्दाहरु दर्ता भएको दिन नै प्रकृति हेरी तत्काल सुनुवाईमा लैजाने गरी काम गर्नेपनि सर्वोच्च अदालतले बताएको छ। सर्वोच्च अदालतले बनाएको कार्य योजनालाई न्यायाधीशहरुको पूर्ण बैठकले अनुमोदन गरिसकेको छ।...

सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट पेशी : कसरी तानिन्छ गोटी ?

सर्वोच्च अदालतमा बुधबारदेखि गोला प्रक्रियामा आधारित भएर पेशी व्यवस्थापन गर्न लागिएको छ । थैलीमा राखेका गोटी तानेर त्यसका आधारमा इजलास र मुद्दा तोक्ने काम कसरी हुन्छ ? यसवारेको विस्तृत विवरण ।

काम कारबाही प्रभावित भएको भन्दै सर्वोच्च अदालतमा न्यायाधीशहरुविरुद्ध तीन वटा रिट

काठमाडौं : सर्वोच्च अदालतमा १५ जना न्यायाधीशविरुद्ध रिट परेको छ। विगत चार दिनदेखि न्यायधीशको अघोषित हड्तालको कारण कामकारबाही प्रभावित भएको भन्दै अधिवक्ताहरुले रिट निवेदन लिएर अदालत पुगेका हुन्। रिट दर्ता हुने प्रकृयामा रहेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए। 'अदालतको काम प्रभावित नगर्नु नगराउनु भन्दै तीन वटा रिटहरु विभिन्न न्यायाधीशविरुद्ध…

तालिबान सरकारले छिट्टै काम थाल्ने सर्वोच्च नेता अखुन्दजादाको भनाइ

तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादाले अफगानिस्तानको नयाँ सरकारले छिट्टै काम थाल्ने बताएका छन् ।  ‘इस्लामिक अमिरातका अधिकारीहरूले घोषणा गरेको कामचलाउ तथा प्रतिबद्ध सरकराले छिट्टै काम थाल्ने विश्वास म सबै देशवासीलाई गर्न चाहन्छु । मन्त्रीहरूले इस्लामिक नियम र शरिया कानूनबमोजिम मेहनत गर्नेछन्,’ अखुन्दजादाले बयान जारी गरेर बताए ।  तीन हप्ताअघि तालिबानले काबुलमा कब्जा गरेपछि तालिबानका सर्वोच्च नेताले जारी गरेको यो पहिलो बयान हो ।  ‘हामी शान्त, समृद्ध र आत्मनिर्भर अफगानिस्तान च...

चार पूर्वप्रधानन्यायाधीशले दिए सर्वोच्च अदालतलाई जवाफ

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई असंबैधानिक भन्दै संयुक्त वक्तव्य जारी गरेका पूर्व प्रधानन्यायाधीशहरुले आफुहरुले संविधानको मात्रै बाटो देखाउने काम गरेको बताएका छन् ।संविधान सार्वजनिक लिखत भएको र सो बारे जो कोहीले पनि छलफल र चर्चा गर्न पाउने भन्दै पूर्वप्रधानन्यायाधीशहरुले आफूहरुले अदालत वा न्यायलयको अवहेलना गर्ने काम नगरेको दाबी गरेका छन् ।सोमबार सर्वोच्च अदालत […]