प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू सर्वोच्च अदालत जाने भएपनि इजलासमा नबस्ने र अन्य प्रशासनिक काम पनि नगर्ने बताएका छन् । बुधबार रातोपाटीसँग संक्षिप्त कुराकानी गर्दै प्रधानन्यायाधीश जबराले महाभियोग निष्प्रभावी भएसँगै आफू सर्वोच्च जान लागेको बताएका हुन् । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाभियोग निष्प्रभावी भएको पत्र बुझिसकेका छन् । बुधबार संसद सचिवालयले निलम्बित प्रधानन्यायाधीश जबरालाई महाभियोग निष्प्रभावी भएको पत्र दिएको हो । संसद सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्