उद्योगपति विनोद चौधरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नं. १ बाट चुनाव लड्ने भएका छन् । उनलाई सत्ता गठबन्धनमा नेपाली कांग्रेसले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)-१ बाट प्रतिनिधिसभा सदस्यको टिकट दिएको हो ।
काठमाडौँ- पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्बर १ मा विनोद चौधरीले अग्रता लिएका छन् ।
१००० गणना हुँदा चौधरीले ४९९ मत ल्याएका छन् ।
त्यस्तै जनता प्रगतिशिल पार्टीका हृदेश त्रिपाठीले ३०१ मत पाएका छन् ।
मत गणना जारी छ ।
काठमाडौँ- पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्बर १ मा विनोद चौधरीले अग्रता लिएका छन् ।
१००० गणना हुँदा चौधरीले ४९९ मत ल्याएका छन् ।
त्यस्तै जनता प्रगतिशिल पार्टीका हृदेश त्रिपाठीले ३०१ मत पाएका छन् ।
मत गणना जारी छ ।
रुपन्देही । नेपाली कांग्रेसले पश्चिम नवलपरासीमा अर्बपति व्यापारी विनोद चौधरीलाई प्रतिनिधिसभाको टिकट दिएको छ । उनको नाम सिफारिस भएसँगै कांग्रेसका स्थानीय नेताहरुबीच विवाद सुरु भएको थियो । नवलपरासी पूर्वमा उनको सक्रियता देखिए पनि चुनावको मुखमा उनलाई क्षेत्र सारिएको भन्दै यताका आकांक्षीहरुले विरोध जनाएका थिए । यसअघि समानुपातिकबाट प्रतिनिधिसभा सदस्य रहेका चौधरी पहिलोपटक प्रत्यक्ष उम्मेदवार बनेका […]
काठमाडाैँ – नेपाली कांग्रेसले प्रतिष्ठित व्यापारी विनोद चौधरीलाई नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)- १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि टिकट दिएकाे छ । अर्बपति चौधरी पहिलोपटक नेपाली कांग्रेसबाट प्रत्यक्ष उम्मेदवार बन्न लागेकाे उनी निकट स्राेतले जानकारी दिएकाे हाे । प्रत्यक्ष चुनावका लागि दलहरूबाट पटक-पटक समर्थन पाएका चाैधरीले त्यसलाई अस्वीकार गर्दै समानुपातिकबाट प्रतिनिधिसभा सदस्य रहेका बनेका थिए […]
२३ असोज, काठमाडौं । अर्बपति व्यापारी विनोद चौधरीलाई नेपाली कांग्रेसले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने भएको छ । यसअघि समानुपातिकबाट प्रतिनिधिसभा सदस्य रहेका चौधरी पहिलोपटक प्रत्यक्ष उम्मेदवार बनेका हुन् । २०७० को संविधान सभा चुनावमा नेकपा एमालेले उनलाई यही क्षेत्रमा प्रत्यक्षतर्फ उठाउने तयारी गरेको थियो । तर त्यतिबेला उनले […]
नेपालको उद्योग व्यवसाय क्षेत्र भिन्न राजनीतिक रंगका आधारमा विभाजित हुने क्रम तीव्र भएको छ । दलगत राजनीतिको कालो छाप पर्न थालेपछि उद्योगी व्यवसायीहरूसमेत राजनीतिक छातामुनि गोलबन्द भएका छन् । यसअघि सापेक्षतः राजनीतिमुक्त देखिएको निजी क्षेत्र राजनीतीकरणको सिकार भएको छ । यसको असर नेपालको उद्योग व्यवसाय र निर्यातमा समेत पर्ने देखिएको छ । उत्पत्तिको प्रमाणपत्र जारी गर्ने अधिकार आफ्नो समूहलाई दिलाउने लोभमा उद्योगीहरूका प्रमुख उद्योग संगठनहरू भिडेका छन् ।
यसकारण दलहरूले निजी क्षेत्रलाई खेलाउने अवसर पाए । उदार अर्थतन्त्र र नेपालको उद्योग व्यवसायका निम्ति यो शुभसंकेत होइन ।
उत्पत्तिको प्रमाणपत्र दिने एकलौटी अधिकार खण्डित भएका विषयलाई नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो प्रतिष्ठाको विषय बनाएको छ । सबै उद्योग व्यवसायको छाता संगठन भएकाले उत्पत्तिको प्रमाणपत्र दिने अधिकार उद्योग वाणिज्य महासंघसँग मात्रै हुनुपर्छ भनने दाबी गर्दै आएको छ । तर नेपाल उद्योग परिसंघले यसलाई आप्mनो अधिकारको रूपमा व्याख्या गरेको छ । उद्योग वाणिज्य महासंघले भने उत्पत्तिको प्रमाणपत्रको विषयलाई राजनीतीकरण गरेको आरोप लगाएको छ । एमालेको कोटाबाट संविधानसभाको सदस्य बनेका विनोद चौधरीले आफ्नो दलको नेतृत्वको सरकारलाई प्रयोग गरेर उत्पत्तिको प्रमाणपत्र लिएको महासंघका अध्यक्ष कुशकुमार जोशीले आरोप लगाए । परिसंघका अध्यक्ष तथा महासंघका पूर्वअध्यक्ष विनोद चौधरी पनि कडा प्रत्यारोपमा उत्रिए ।
वर्ष ५, अंक ४२, २०६७, जेठ असार ७–१३
व्यवसायिक घराना चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी ‘होटलियर इण्डिया लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित भएका छन्। भारतको आई्टीपी मिडिया ग्रुपले आतिथ्य सत्कार उद्योगमा अन्तर्राष्ट्रियस्तरमा ख्याती कमाएका विशेष ब्यक्तिहरुलाई प्रत्येक बर्ष यो अवार्ड प्रदान गर्दै आएको बताएको छ । चौधरी यो अवार्डबाट सम्मानित हुने नवौं व्यक्ति हुन्। यसअघि दि लिला ग्रुप लगायतका होटल ब्राण्डहरुले यो अवार्ड…