साेलुखुम्बु - सोलुुखुम्बुको महाकुलुङ र सोताङ गाउँपालिकामा निर्माणाधीन हाइड्रोपावरको काम सात दिनदेखि पूर्णरुपमा बन्द भएको छ ।
हाइड्रोपावरले स्थानीय बासिन्दासँग गरेको सहमति कार्यान्वयन नगर्दा सोताङ महाकुलुङ सरोकार समितिले निर्माणकार्य पूर्णरुपमा बन्द गरेको जनाएको छ ।
गएको भदौदेखि आयोजनाले श्रमिकको ज्याला नदिनुका साथै सामाजिक उत्तरदायित्वको कामहरु समेत कुनै पनि पूरा गर्न नसकेकाले काम रोक्न बाध्य हुनुपरेको सरोकार समितिका संयोजक विक्रान्त कुलुङले बताउनुभयो ।
स्थानीय बासिन्दासँग पटक पटक गरेको सहमति कार्यान्वयनको लागि ...